Widgets

Home » , » कोरियन भाषाका आवेदक ४७ हजार ९ सय पुगे

कोरियन भाषाका आवेदक ४७ हजार ९ सय पुगे

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, काठमाडौं । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाप्रति नेपाली युवाहरुको आकर्षण केही घटेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर पनि २ वर्षसम्म कोरिया जान नपाएको भन्दै युवाहरुले आन्दोलन गरिरहेकै बेला खुलेको भाषा परीक्षाको नयाँ आवेदनको मिति शनिबार समाप्त भएको छ । शनिबार अन्तिम दिन ३ हजार ५ सय ६० जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यससँगै योपटक भाषा परीक्षाका लागि आवेदन दिनेहरुको कुल संख्या ४७ हजार ९ सय २६ पुगेको छ । जुन २०११ को भन्दा यो झण्डै १० हजार कम हो । शाखाले योपटक झण्डै ७० हजारले आवेदन दिने अनुमान गरेको थियो । तर, यसपालि अनुमान गरिएजति आकर्षण देखिएन । शाखाका अनुसार योपटक सबैभन्दा बढी वनस्थली केन्द्रबाट १२ हजार ३ सय ७८ ले आवेदन दिएका छन् । यस्तै कीर्तिपुरबाट १० हजार १ सय ६३, सानो गौचरनबाट १० हजार ३ सय ६३, बुटबलबाट ८ हजार ४ सय ३७ र धरानबाट ६ हजार ३ सय १२ ले आवेदन दिएका छन् । सन् २०११ मा भाषा परीक्षा पास गरेका करिब ५ हजार ३ सय जना युवायुवतीहरु कोरिया जाने पालो कुरेर दुईवर्षदेखि बसिरहेका छन् । सन् २०१३ मा कोरियाले ईपीएस प्रणाली लागू गरिएका १५ देशबाट ६२ हजार कामदारलाई आफ्नो मुलुकमा भित्र्याउँदैछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger