Widgets

Home » , » कामका लागि विदेश जानेलाई कडाइ, ४ म्यानपावर व्यवसायी पक्राउ

कामका लागि विदेश जानेलाई कडाइ, ४ म्यानपावर व्यवसायी पक्राउ

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारीलाई पक्राउ परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई कडाई गरेको छ । श्रमले दिएको स्वीकृति अनुसार कम्पनी र कामको विवरण नमिलेका तथा भाषा नबुझिएका ९० जनालाई अध्यागमनले रोकेको छ । ‘पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं’ एक कर्मचारीले भने-’तर, अख्तियारले १८ जनालाई पक्राउ परेपछि कम्पनी, काम नमिलेका र भाषा नबुझिएकालाई रोकेका छौं ।’ उनका अनुसार उर्दु लगायतका भाषा नबुझिएकाहरुलाई आधारिक स्थानबाट भाषा रुपान्तर गरेर ल्याउन पठाइएको छ । ४ म्यानपावर व्यवसायी पक्राउ यसैबीच गैरकानूनी रूपमा कामदार पठाएको आरोपमा अख्तियारले ३ म्यानपावर कम्पनीका ४ सञ्चालकलाई पक्राउ गरेको छ । एडभान्स रिक्रुटमेन्टका सञ्चालकद्वय चित्रगुप्ता साँवा र हर्कबहादुर लिम्बु, सान्नाका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्टका श्यामप्रसाद गुप्तालाई हिरासतमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि वैदेशिक रोजगारीमा जानेहरुको अन्तिम स्वीकृतिका लागि रोजगार विभागमा झुटा भिसा समेतका कागजात पेश गरेको र विभागका कर्मचारीलाई आर्थिक लाइ पुर्याई अन्तिम स्वीकृति लिएको आरोप लागेको छ । म्यानपावर कम्पनीसँग गैरकानुनी लाभ लिई नक्कली कागजातका आधारमा ७७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारीलाई शुक्रबार मात्र पक्राउ गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger