Widgets

Home » » प्रदीपशमशेर शरतसिंहको पार्टीमा रौतहट-४ बाट चुनाव लड्ने

प्रदीपशमशेर शरतसिंहको पार्टीमा रौतहट-४ बाट चुनाव लड्ने

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, श्रावण २१ - पूर्व प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालय ग्वार्कोमा सोमवार आयोजित कार्यक्रममा जबरासहित विभिन्न पार्टी छाडेका २० जना रामसपा प्रवेश गरेका हुन् । जबरा २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको महानीरिक्षक थिए । मधेस केन्द्रित अरु धेरै पार्टीले बोलाएपनि रामसपा उपयुक्त लागेकाले त्यही पार्टी प्रवेश गरेको जबराले बताए । 'मलाई अरु धेरै पार्टीले बोलाएपनि मैले राष्ट्रिय मधेश समाजवादीलाई रोजें,' पार्टी प्रवेश कार्यक्रममा जबराले भने, 'यही पार्टीमा बसेर मधेस केन्द्रित राजनीति गर्छु ।' उनले प्रहरी प्रमुख हुँदा रौतहमा विकास निर्माणका धेरै काम गरेका कारण जनताले आफूलाई असाध्यै माया गर्ने भएकाले चुनाव जित्ने विश्वास व्यक्त गरे । संविधानसभा चुनावमा रौतहट-४ बाट चुनाव लड्नेसमेत उनले घोषणा गरे । अध्यक्ष शरतसिंह भण्डारीले जबरालाई पार्टीमा उपयुक्त पद दिने घोषणा गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger