Widgets

Home » » कोरिया जान पाउँ भन्दै आमरण अनसन (फोटो फिचरसहित) तीन दिनभित्र माग सुनुवाइ नभए उपत्यका बन्द गर्ने चेतावनी

कोरिया जान पाउँ भन्दै आमरण अनसन (फोटो फिचरसहित) तीन दिनभित्र माग सुनुवाइ नभए उपत्यका बन्द गर्ने चेतावनी

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नविन अर्याल
२१ साउन, काठमाडौं । कोरियन भाषा उर्त्तीण गरेर कोरिया जान नपाएका यूवाहरु आमरण अनशन बसेका छन् । ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालय बाहिर टेन्ट टाँगेर ९ जना युवा आमरण अनसनमा बसेका हुन् । सरकारले आफुहरुलाई कोरिया पठाउने ग्यारेन्टी नगर्दासम्म आमरण अनासन यथावत राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
1
आमरण अनसनमा बस्नेहरुमा कपिलवस्तुका दीपक एम.सी., रमेश गिरी, रुपन्देहीका बसन्त शर्मा पौडेल, गुल्मीका पदम भण्डारी, नवलपरासीका गोविन्द घताने, रेशम थापा, भोजपुरका डम्बरबहादुर खुलाल र दाङका चन्द्रबहादुर पुन रहेका छन् । आफुहरुलाई इपिएस पिडीत भनेर घोषणा गरेका युवाहरुले सरकारकै कारण आफुहरु कोरिया जान नपाएको आरोप लगाएका छन् । निकै आक्रामक देखिएका यूवाहरुले कि आफुहरुलाई कोरिया लैजानुपर्ने कि कोरियाको कोटा खारेज गर्नुपर्ने अडान राखेका छन् ।
अनसन कार्यक्रममा सहभागी पाल्पाका महेश घिमिरेले सरकारले चाहेमा आफूहरुलाई कोरिया पठाउन सक्ने दाबी गरे । सरकारले भने आफूले चाहाँदैमा कोरिया पठाउन नसक्ने बताउँदै आएको छ । कोरियाबाट कामदार माग भएमा मात्र पठाउन सक्ने सरकारको स्पष्टोक्ति छ । ‘सरकारले ८ हजार कोटालाई कुटनीतिक पहल अघि बढाएर १५ हजार पुर्‍याउन सक्छ भने हामीलाई पठाउन किन सक्दैन’ घिमिरेले अनलाइन खबरसँग भने- ‘तीन दिनभित्र सरकारले माग सुनुवाइ गरेन भने हामीे उपत्यका बन्द गर्छौं ।’ आफ्ना मागहरु इपीएस कार्यालयदेखि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसम्मलाई राखे पनि कतैबाट सुनुवाइ नभएको उनीहरुले गुनासो गरे ।
2
कोरिया जान नपाएका ६५ सय युवामध्ये ९ जना आमरण अनसनमा बसे पनि अनसनस्थलमा भने सय जनाको हाराहारीमा उपस्थिति छ । ‘सरकारले माग पूरा गर्ला भन्दा पनि हामीलाई प्रहरी लगाएर धरपकड गर्दैछ’ अनसनकारी दीपक एम.सी.ले अनलाइनखबरलाई भने- ‘पुलिसले टेन्ट फालिदिन्छु भन्दै धम्काइरहेको छ ।’
आन्दोलनमा सहभागी पाँचथरकी कुमारी चेम्जोङले भनिन्- ‘सरकारले हामीलाई जसरी भए पनि कोरिया पठाउनुपर्छ ।’ आफुहरुलाई कोरिया नलगिए इपीएस प्रणाली नै बन्द गरिदिने उनले चेतावनी दिइन् । आमरण अनसन बसेपछि सरकारले आफुहरुलाई कोरिया पठाउन पहल गर्ने उनले विश्वास गरिन् । कोरियामा महिला कामदार लैजान सरकारले आनकानी गरेको बताउँदै उनले १५ सय महिलामध्ये जम्मा ४ सय ५० महिलालाई मात्रै कोरिया गरिएको गुनासो गरिन् ।
अनसन स्थलमा खटिएका प्रहरी र आन्दोलनकारीबीच रमाइलो दोहोरीसमेत चल्दै आएको छ । प्रहरीहरुलाई पनि अनसनकारीले आफ्नो मागमा समर्थन गर्न भनेका छन् । प्रहरीहरुले चाँहि तपाईहरु पैसा कमाउन जान लाग्नुभएको छ त, आफूहरुले थोरै पैसामा जागिर खाइरहेको भन्दै ठट्टा गरेको दृश्य निकै रोचक देखिएको छ ।
3
4
7
8
10
11
12
13
14
16

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger