Widgets

Home » » बोलबमको भेषमा कमल थापाले भने- राजतन्त्र फर्किन्छ

बोलबमको भेषमा कमल थापाले भने- राजतन्त्र फर्किन्छ

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ साउन, धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा जनताको नासो केही समयका लागि सुरक्षित राख्न दिएकाले अब फिर्ता गर्ने बेला आएको बताउनु भएको छ ।उहाँले आउँदो निर्वाचनमा राजतन्त्र कि गणतन्त्र ? भन्ने विषयमा एउटा मतपत्र र मतपेटिका राखेर भोट हाल्ने व्यवस्था मिलाए त्यहीबाट राजतन्त्र र गणतन्त्रको विषय टुङ्गो लाग्ने दाबी गर्नु भयो ।
kamal-thapa
गेरु बस्त्र र रुद्राक्षको माला लगाएर बोलबम भन्दै सोमबार धरानको पिण्डेश्वर मन्दिरमा बोलबम आएका थापाले पत्रकार सम्मेलनमा संविधान निर्माण भएपछि राजतन्त्र र गणतन्त्रको टुङ्गो लगाउने भनिएको बताउँदै संविधान नै नबनेको अहिलेको अवस्थामा गणतन्त्र र राजतन्त्रको हैसियत एकै रहेको दाबी गर्नु भयो ।
तत्कालिन अवस्थामा जनताले राजा हटाउन नचाहेको उल्लेख गर्दै उहाँले राजालाई एम्बुसमा पारेर गद्दी छाड्न बाध्य बनाइएको तर्क गर्नु भयो । पिण्डेश्वर बोलबममा आफनो पार्टीका कार्यकर्ताहरुले हिन्दु राष्ट्रका लागि शुरु गरेको हस्ताक्षर अभियानलाई साथ दिन आएका थापाले राजनीतिक दलहरुको बाह्र बुँदे सहमतिमा कही पनि गणतन्त्र उल्लेख नगरिएको बताउँदै राजा हटाउने विषयमा असंवैधानिक र विवादास्पदरुप लिएको अवस्थामा राजालाई हटाएको आरोप लगाउनु भयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger