Widgets

Home » » प्रहरीले यातना दिएको बिरोधमा व्यवसायी आन्दोलित

प्रहरीले यातना दिएको बिरोधमा व्यवसायी आन्दोलित

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रौतहट, श्रावण २१ - राजधानीको सुन पशलमा चोरीको भएको सुन खरिद गरेको आरोपमा रौतहटको चन्द्रनिगाहपुरका सुन व्यसायीलाई पक्रेर प्रहरी कार्यालय भित्रै यातना दिएको भन्दै उद्योग बाणिज्यको नेतृत्वमा स्थानीयले आइतबार राति झण्डै डेढ घण्टा राजमार्ग अवरुद्ध पारेका छन् । राजधानीको भद्रकाली सुन पशलबाट दुई दिन अघि झण्डै सय तोला सुन चोरी भएको र उक्त सुन चन्द्रनिगाहपुरमा ल्याएको सुराकी पछि बालाजु प्रहरीको टोली आइतबार रौतहट आएको हो । टोलीले यहाँको सुन व्यवसायी धनबहादुर सुनार र उनको छोरा सहित ४ जनालाई पक्रेर अनुसन्धानको लागी भन्दै दिनभरी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखेको थियो । साँझ उद्योग बाणिज्य संघका अध्यक्ष खड्गबहादुर बम्जन सहितको टोली पक्राउ परेकाहरुको अवस्था बुझ्न प्रहरी कार्यालयको अघिल्लो कोठामा राखेर बालाजु प्रहरीले यातना दिदै सोधपुछ गर्न थालेको देखे पछि व्यवसायीहरु आन्दोलीत भएका हुन् । प्रहरी कार्यालय भित्र व्यवसायीलाई चरम यातना दिएको छ अध्यक्ष बम्जनले भने यस्को घोर बिरोध गर्छौ । प्रहरी कार्याल भित्र यातना दिएको भन्दै पक्राउ परेकाहरुका आफन्तको बाहिर रुवाबासी चलेको थियो । प्रहरीको कुटपिटबाट पक्राउ परेका व्यवसायी रोएको आवाज बाहिर सुनीए पछि छिन भरमै जम्मा भएका स्थानियले समेत पुर्वपश्चिम राजमार्ग अबरुद्ध गर्न सघाउका थिए । बालाजुबाट कस्को नेतृत्वमा कुन मुद्धामा टोली आएको भन्ने ईप्रका चन्द्रनिगाहपुरका कसैलाई पनि थाहा दिएको थिएन । हामिलाई केन्दि्रय अनुसन्धान व्यूरोको टोली जस्तो लाग्यो प्रहरी निरीक्षक नन्दलाल साहले भने पक्राउ र सोधपुछका बारेमा कसैलाई जानकारी दिएको थिएन । उनले बालाजु प्रहरीबाट आएकाहरुको नाम समेत थाहा नभएको बताए । कार्यालय भित्र हिरासतमा रहेको मानिसलाई यातना दिएको भन्दै स्थानिय प्रहरी समेत आक्रोसमा थिए । बाहिरबाट आएर यातना दिदै टोली राजधानी फर्किन्छ एक जुनियएर प्रहरी अधिकृतले भने, 'हामी यही बसेर स्थानीयको सहयोग लिनपु पर्छ यस्तो अवस्थामा कसरी स्थानियले साथ दिन्छ ।' कार्यालय प्रमुख डिएसपि प्रकाश राजाधाटले यातना दिने असईलाई कारबाही गर्ने बताए । 'त्यसरी यातना दिएको हो भने कारबाही हुन्छ' उनले भने । सोमबार बिहान प्रहरी कार्यालयमा छलफल गर्ने सर्तमा राजमार्ग खुलेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger