Widgets

Home » » मलेसियामा हुने ‘एभरेष्ट कर्न्सटमा तक्मे बुढा र विश्वकै होचा चन्द्रबहादुर डाँगी नाच्ने

मलेसियामा हुने ‘एभरेष्ट कर्न्सटमा तक्मे बुढा र विश्वकै होचा चन्द्रबहादुर डाँगी नाच्ने

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मलेसियाका विभिन्न शहरमा ४ दिनसम्म आयोजना हुन लागेको ‘एभरेष्ट कर्न्सट’मा ‘मेरी बास्सै’का चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ र विश्वकै सबैभन्दा होचा चन्द्रबहादुर डाँगीले नृत्य गर्ने भएका छन् । कार्यक्रमको बिषयमा जानकारी दिन आयोजना गरिएको एक पत्रकार सम्मेलनमा विल्सनले डाँगीसँग आफूले नृत्य गर्ने जानकारी दिए ।विश्व आदिवासी दिवस तथा मलेसियाको ठूलो चाड हरि रायाको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको आयोजना १९ औ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले एभरेष्ट कर्न्सट नाम दिएर ४ दिनसम्म गर्न लागेको हो ।
यो कार्यक्रमका लागि चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’, नायिका नीता ढुंगाना, गायक रोज मोक्तान, लोक गायक मिलन लामा, गायिका तथा नायिका विष्णु चेम्जोङ, मोडल भावना गुरुङ तथा विभिन्न ७ विधामा ‘गीनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल थानेश्वर गुरागाइँ सहभागी हुनेछन् । यस्तै यो कार्यक्रममा विश्वकै होचा मानिस चन्द्रबहादुर डाँगी सहभागी हुनेछन् ।कार्यक्रम मलेसियाका विभिन्न ४ शहरमा आयोजना हुनेछ । अगष्ट ८ मा मलेसियाको क्वालालम्पुर स्थित चिनओ स्टेडियम, अगष्ट ९ मा पेनाङको बीएम देवान हल, अगष्ट १० मा जोहोरबारुमा रहेको बन्दराया स्टेडियम र अगष्ट ११ मा क्वालालम्पूरमा रहेको पोर्टकेलाङ देवान हलमा कार्यक्रम आयोजना हुनेछ ।
विदेशमा नेपाली कलासंकृतिको जगेर्ना गर्ने, कार्यक्रमबाट बचेको कोषले मलेसियामा रहेका श्रमिकहरुलाई आपतविपतमा परेको बेला सहयोग गर्ने, विश्वको अग्लो चुचुरोलाई विश्वव्यापीकरण गर्ने, गौतम बुद्धको जन्मस्थल नेपाललाई चिनाउने लगायतका उद्देश्य राख्दै यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।कार्यक्रममा भाग लिनका लागि कलाकारहरुको टोली मंगलबार मलेसिया प्रस्थान गर्नेछ । यो कार्यक्रमलाई आइएमी र आइटीएलले प्रायोजन गरेका छन् । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र विभिन्न ११ वटा संस्थाहरुको सहआयोजनामा हुन लागेको हो । ‘हिमाल पहाड तराई, प्रवासमा कोही छैन पराई, एभरेष्ट कन्सर्ट २०१३ नै हो सबैको रोजाई’ भन्ने नारा दिएर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger