Widgets

Home » » मंसिर ४ को चुनाव स्थगित २५ दलीय मोर्चाको वार्ताको एजेण्डा

मंसिर ४ को चुनाव स्थगित २५ दलीय मोर्चाको वार्ताको एजेण्डा

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ साउन, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको २५ दलीय मोर्चाले मंसिर ४ गतेका लागि तोकिएको चुनाव स्थगितलाई वार्ताको एजेण्डा बनाउने भएको छ । मोर्चामा आवद्ध दलहरुको सोमबार बसेको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज र मंसिर ४ को चुनाव स्थगितलाई वार्ताको एजेण्डा बनाउने निर्णय गरेको हो । छलफल जारी रहेकाले थप एजेण्डा भने भोलिको बैठकले तय गर्ने नेताहरुले बताएका छन् । गृहकार्य नपुगेको भन्दै २५ दलीय मोर्चाले भोलि मंगलबारका लागि तय भएको वार्ता पर्सी बुधबारका लागि सार्न उच्चस्तरीय राजनीतिक समितिलाई आग्रह गरेको छ । यसअघि राजनीतिक समितिको सोमबार बसेको बैठकले मंगलबार उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चासँग तथा दिउँसो बैद्य नेतृत्वको मोर्चासँग वार्ता गर्ने निर्णय गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger