Widgets

Home » , » एयरपोर्टका कर्मचारीले खोल्न लगाए युवतीको कट्टु

एयरपोर्टका कर्मचारीले खोल्न लगाए युवतीको कट्टु

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हामीकहाँ अध्यागमनका अधिकारीहरुले विदेशबाट फर्केकी एक जना युवतीमाथि यौन शोषण गरेको समाचार केही महिना पहिले आएको थियो । उता बेलायतमा भने विमानस्थलका कर्मचारीमाथि एक अनौठो तथा शर्मनाक आरोप लागेको छ । एयरपोर्टको सुरक्षा जाँच गर्ने अधिकारीहरुले चेकजाँचका क्रममा एक १८ वर्षीया युवतीले लगाएको हाप पाइन्ट खोलिदिएको आरोप कर्मचारीहरुमाथि लागेको छ ।
1
छुट्टी मनाउन स्पेन जान लागेकी एलिक्स टाउसेन्ड नामकी युवतीले म्यानचेष्टर एयरपोर्टका चेक इन अधिकारीहरुले सय जना मान्छेका सामुन्ने आफ्नो कट्टु काढिदिएको जिकिर गरेकी छिन् । हुनत कर्मचारीहरु आफैले कट्टु काढिदिएका पनि रहेनछन् । उनले लगाएको हाप पाइन्ट निकै छोटो भएको भन्दै विमानभित्र छिर्नका लागि अर्को लामो कट्टु लगाउन उनलाई निर्देशन दिएका रहेछन् । अर्थात् कैयौँ मानिसका सामुन्ने ती युवतीलाई कट्टु काढेर अर्को लुगा लगाउत बाध्य पारेका रहेछन् । उनलाई लुगा फेर्नका लागि कुनै कोठामा जाने अनुमति पनि नदिएर सबैका सामुन्ने कट्टु काढ्न बाध्य पारिएको समाचारमा उल्लेख छ । उनले त्यसपछि रुँदै कट्टु काढेर सुरुवाल लगाइन् ।
अधिकारीहरुले भने कट्टु फुकाल्नका लागि ती युवतीलाई बाध्य नपारेको र वायुसेवाको नियमानुसारको लुगा लगाउन आग्रह गरेको दाबी गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger