Widgets

Home » » 'अदालत र प्रहरीकै अगाडि ज्यान फाल्छु'

'अदालत र प्रहरीकै अगाडि ज्यान फाल्छु'

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण २४ - ०६९ मंसिर २२ गते राति ट्वाइलेट आएकोबेलामा ट्वाइलेटभित्रै मुख थुनेर वलत्कार गर्ने प्रयास गरे । बलात्कारको प्रयास भएपछि मैले प्रतिकार गरेँ । प्रतिकार गर्दा मेरो अनुहार, छाति र हातमा चोटपटक लाग्यो । म पीडकको पिटाइबाट बेहोस भएपछि पीडकले 'मरी' भनेर छोडेर भाग्यो । पछि मेरो होस आएपछि हार गुहार गरी पीडकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गजुरीमा ल्याइयो । गजुरीमा २३ गते राखेर २४ गते जिल्ला प्रहरी कार्यालय धादिङ ल्याउने र मुद्धा दर्ता गर्ने काम गर्यो । अदालतले पुर्पक्षका लागि पीडक प्रदिप परियारलाई थुनामा राख्ने आदेश दियो । उहाँहरुले तपाईं बयानमा अदालत नआएका कारण छुटेको हो रे भने । मलाई प्रहरीमा वयान गरेपछि कसैले पनि कुनै पनि वेला नवोलाएको र अदालतमा अहिले सम्म १ पटक पनि नवोलाएको वताएँ । त्यसपछि म धादिङवेसी आएँ । सरकारी वकिलको कार्यालयमा वुझ्दा सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई वैशाख १७ गते र साउन १० गते २ पटक पीडितलाई झिकाउन भनेको पत्र पठाएको भने । जिल्ला प्रहरी कार्यालयले पनि गजुरी इलाका प्रहरी कार्यालयलाई पीडितलाई झिकाउन पत्र लेखेको वताए तर मैले अहिले सम्म पनि कसैबाट कुनै पनि सुचना पाएको छैन । इलाका प्रहरी कार्यालय गजुरी र मेरो पसल ५ मिनेटको मात्रै फरक रहेको छ । प्रहरीहरुसमेत मेरो पसलमा खाजा र चिया खान आउने गरेका छन् । मैले आफूमाथि भएको अन्यायमा वोल्नै पाइनँ । मलाई प्रहरीले खवर नै गरेन । वरु १०/१२ दिन अगाडी एकजना प्रहरीले दिदी तपाईंले भनिदिए ऊ छुट्छ, भनिदिनुस् उसको केही पनि छैन वेकारमा किन थुन्ने भनेको थियो । मैले मलाई यस्तो कुरा नगर्नुस् तपाईंहरुले पनि यस्तो भन्ने हो भनें । मलाई उसको नाम थाहा छैन तर देख्दा म चिन्छु । प्रहरी कार्यालयको त्यत्ति नजिकै सधै प्रहरीहरुसँग भेट हुने मलाई प्रहरीले पीडकसँग मिलेर जानी जानी सूचना नदिएको हो । म र मैले राखेका कुनै पनि साक्षीहरुलाई सुचना नदिएर नियतवस मलाई अन्याय गरिएको छ । मैले मेरा कुरा राख्न पाएर यो निर्णय अदालतले गरेको थियो भने म अदालतको निर्णय मान्थें । तर प्रहरीले नियतवस पीडकसँग मिलेर मलाई मेरो कुरा राख्ने अधिकारबाट समेत वन्चित गराएर मुद्दा फैसला गरिएको छ । यो कहाँबाट र कसरी भएको गल्ती हो ? यसमा संलग्न व्यक्तिहरु को को हुन् ? ती सबैको छानविन गरी तुरुन्तै दोषिमाथि कारबाही गर्नको लागि अनुरोध गर्दछु । हैन भने म मेरो न्यायका लागि अदालत र प्रहरीकै अगाडि आएर ज्यान फालिदिन्छु । 'धादिङमा बलात्कृत एक महिलाले पत्रकार सम्मेलमा व्यक्त धारणाको सम्पादित अङ्श'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger