Widgets

Home » » पत्याउनुहुन्छ ? मान्छे यस्ता पनि हुँदारहेछन् (फोटोफिचर सहित)

पत्याउनुहुन्छ ? मान्छे यस्ता पनि हुँदारहेछन् (फोटोफिचर सहित)

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यो दुनिया आफैमा विचित्र छ । यहाँ विचित्रका मान्छे छन् । कतिपय मान्छे यतिविधि अनौठो चरित्रका छन् की उनीहरुका विशेषता र क्षमता पत्याउनै गाह्रो लाग्ने खालका हुन्छन् ।
तपाइँ हामीले आँखाले जे चिज पनि सुल्टो देख्छौँ । ऐनमा हेर्यो भने सुल्टो चिजलाई उल्टो देखिन्छ । तर सर्बियाकी एक महिलाको आँखाले पनि जे चिजलाई पनि उल्टो देख्छ । २८ वर्षकी बोजना डानिलोविक सरकारी कर्मचारी हुन् । उनी आफ्नो यो दुर्लभ समस्याका कारण कत्तिपनि विचलित भने छैनिन् । उनले आफ्नो कम्प्युटरको मनिटर पनि उल्टो राखेकी छिन्, फाइल पनि उल्टो बनाएर पढि्छन् । घर परिवारमा पनि उनका लागि छुट्टै टिभी छ जुन उल्टो अर्थात् तल फर्काएर राखिएको छ । यो एक स्नायुगत समस्या रहेको र उपचार सम्भव नरहेको डाक्टरहरुको भनाइ छ ।
1
बेलायतकी हेजल जोन्स नामकी महिलाका दुइवटा योनी छन् । उनका दुइ गर्भासय र दुइ वटा पाठेघर समेत छन् । डेढ वर्षअघि एक टेलिभिजन कार्यक्रममा उनले आफ्ना दुइ योनी भएको र आफुले १३ वर्षमै सम्भोगको स्वाद चाखेको कुराको खुलासा गरेकी थिइन् ।
2
एक जना बेलायती व्यक्ति यस्ता छन् की उनी जहिले पनि आफुलाई मरेको सम्भिmन्छन् । आफु आफ्नो समाधिस्थलमा पुगेको अनुभव बेलाबेलामा गर्ने ग्राहम नामका व्यक्ति आफु भुत भएको ठान्छन् । उनको यो रोगलाई कोटार्डस् सिन्ड्रोम भनिएको छ ।
3
अमेरिकाको टेक्सासकी एक युवतीले हरेक १५ मिनेटमा खाना खान्छिन् । उनी कुनै रहरले यस्तो अगस्ती भएकी होइनन् । २१ वर्षकी ल्याजी वेलास्क्वेजलाई नियोन्याटल प्रोगेराइड सिन्ड्रोम नामक आनुवंशिक रोग छ । जसका कारण उनको सरीरमा उर्जाको दहन निकै तिब्र गतिमा हुन्छ र सोही कारण उनको सरीर सुक्दै गएको छ । उर्जाको आपुर्तिलाई निरन्तरता दिन उनले दिनमा ५ देखि ८ हजार क्यालोरीसम्म खाना खानुपर्छ । यसका लागि उनले हरेक १५ मिनेटमा खाना खाने गर्छिन् ।
4
बेलायतकी हेले अकिन्स १४ वर्षकी भइन् तर उनलाई हेर्दा उनको उमेर ६०-६५ वर्षको जस्तो लाग्छ । उनी बच्चैमा बुढो देखिने प्रोजेरिया नामक रोगबाट पीडित छिन् । यो अनौठो रोग लागेकी हेलेलाई १३ वर्षभन्दा बढि नबाँच्ने भविष्यवाणी डाक्टरहरुले गरेका थिए तर उनी जेनतेन अहिलेसम्म बाँचिरहेकी छिन् । विश्वमा यस्तो रोगबाट पीडित भएका केवल ८९ जना बच्चा छन् ।
5
दक्षिण अमेरिकी देश चिलीकी २० वर्षीया यारिट्जा आलिबोको आँखाबाट आँशुको साटो रगत र्झछ । उनी जब रुन्छिन् आँखाबाट रगतको धारा बहन्छ र आँखा निकै दुख्छ पनि । यस्तो समस्यालाई हेमोलाक्रिया भनिन्छ ।
6
कोहि मान्छे सानै उमेरमा बुढो देखिएर अचम्मै हुन्छ भने कोही बुढो भएपछि पनि बच्चाजस्तो बन्दा रहेछन् । बेलायतका दुइ दाजुभाइलाई यस्तै समस्या छ । ४२ वर्षका माइकल क्लार्क र ३९ वर्षका म्याथु क्लार्कमा यस्तो रोग छ । उनीहरु उमेरले पाकिसके । तर बानी व्यहोरा भने १० वर्षका केटाकेटीको जस्तो छ । दुबैलाई खेल्नका लागि खेलौना चाहिन्छ । उनीहरु झन पछि झन केटाकेटी व्यवहारका बन्दै गएका छन् । यस्तो रोगलाई ल्युको डिस्ट्रोफी भनिन्छ ।
7

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger