Widgets

Home » » नेपाल आमाको नाममा नयाँ पार्टी कृषि र आर्थिक क्रान्ति गर्ने

नेपाल आमाको नाममा नयाँ पार्टी कृषि र आर्थिक क्रान्ति गर्ने

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । नेकपा-माओवादी लगायतका केही दल चुनाव बहिष्कारको अभियानमा लागिरहेको बेला चुनावको लागि भन्दै नयाँ पार्टी जन्मने क्रम बढ्दो छ । मुख्य पार्टीले देशमा केही गर्न नसकेको भन्दै यसको विकल्पमा आफूहरु अगाडि सरेको उनीहरुको दावी छ । यही क्रममा मुलुकको काँचुली फेर्ने दावी गर्दै जन्मेको नयाँ पार्टीको नाम हो-नेपालआमा पार्टी । निर्वाचन आयोगले समेत मान्यता दिइसकेको यो पार्टीले बिहीबार राजधानीमा कार्यक्रम गरी दलको औपचारिक घोषणा गर्दैछ ।
‘मुलुकमा कृषि र आर्थिक क्रान्तिको लागि हामीले नयाँ दल खोलेका हौं’ पार्टीका महासचिव हेमराज भुसालले भन्नुभयो-’सृजनाबाट विकास गर्ने हाम्रो अभियान छ ।’ अर्घाखाँचीका भुसाल लेखक र साहित्यकार हुनुहुन्छ । पार्टी अध्यक्ष रोमला गिरी भने यसअघि एमालेमा हुनुहुन्थ्यो । कृषि विकास बैंकमा १४ वर्ष काम गरेका गुल्मीका गिरी कृषि विज्ञ समेत हुनुहुन्छ ।
अहिले सबै जिल्लामा संगठन विस्तार भैरहेको र केन्द्रीय समितिमा १७ जना सदस्य रहेको महासचिव भुसालले जानकारी दिनुभयो । ‘नेपालमा राणाकालदेखि यताका बर्षहरुलाई मात्र हेर्ने हो भने पनि यहाँ धेरै व्यवस्थाहरु फेरिए ,तर देश र जनताको अवस्था फेरिएन । सरकार फेरिए तर सरोकार फेरिएन । नेता फेरिए तर नीति, व्यवहार र प्रवृत्ति फेरिएन’ भुसालले भन्नुभयो-’नेपालआमाका आँसु पुछेर उनलाई बचाउन र हँसाउन तथा उनका सम्पूर्ण सन्तानहरुलाई ढुक्कसँग आˆनी आमाको काखमा बसेर उन्नति र प्रगति गर्न पाउने अवस्था सृजना गर्न विकल्पको खाँचो भइरहेको छ । यसै अवस्थामा नेपालआमा पार्टीको स्थापना भएको हो ।’
तेस्रो धार रे
चर्चित अनुहार र यसअघिको अनुभव केही नभएपनि पार्टीले आफूलाई तेस्रो धारको रुपमा दावी गरेको छ । विश्व अहिले स्पष्टरुपमा पूँजीवादी धु्रव र साम्यवादी धु्रव गरी दुई धु्रवमा विभाजित भएको र धेरै पार्टीहरु दिशाविहीन भएर अलमलमा परिरहेका भन्दै उसले आफू तेस्रो धारको रुपमा “एक्काइसौँ शताब्दीको समाजवाद र सुविधा राज्य” भन्ने मार्गदर्शक सिद्धान्त लिएर आएको बताएको छ ।
नेपालआमा पार्टीले पाँचवटा सिद्धान्त पनि अघि सारेको छ ।
१. राजनैतिक रुपमा प्रजातन्त्र र स्वतन्त्रता
२. आर्थिकरुपमा प्रजातन्त्र र स्वतन्त्रता
३. सामाजिक सम्पत्तिमा नागरिकको पहुँच
४.साँस्कृतिक सदभाव
५.वैयक्तिक तथा न्यायिक स्वतन्त्रता
आकर्षक नारा
दक्षता, क्षमता र आर्थिक लगानीबाट विकास, परिचालन र उपयोग गरी नेपालआमालाई समृद्ध बनाउने लक्ष्य र उद्देश्य भन्दै नयाँ पार्टीले आकर्षक नारा तय गरेको छ ।
· हामीसँग जे छ, त्यसैबाट शुरु गरौँ, सृजनाबाट विकास गरौँ र बन्द हडताल सदाका लागी बन्द गरौँ
· योजना, तरिका, विचार र सीप हामी दिन्छौ । देश विकासको गतिलाई अगाडि बढाऔ । अर्काको मुलुकमा नोकर हैन आफ्नो देशको मालिक बनौँ
· युवाको काँधमा देश आएको छ । देश बनाउने प्रण गरौं
पार्टीले विदेशिएका र विदेसिंदै गरेका युवाहरुलाई नेपाल र्फकन आहृवान पनि गरेको छ । ‘अरुलाई सरापेर होइन सम्मान गरेर, ध्वँसवाट होइन सृजनाबाट, बोलेर होइन गरेर, फुटेर होइन जुटेर अगाडि बढ्दै नेपालआमा पार्टीको अभियानमा ऐक्यवद्धता जनाउन नेपालआमालाई माया गर्ने सम्पूर्ण सन्तानहरुलाई हार्दिक अपिल गर्दछौंँ’ पार्टीले भनेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger