Widgets

Home » , » लुटेराको प्रतिवाद गर्दा रेलबाटै फ्यालियो

लुटेराको प्रतिवाद गर्दा रेलबाटै फ्यालियो

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Murder

छोरीको उपचारको क्रममामा भारत गएका पूर्वी फिक्कलका ७७ वर्षीय कृष्णवहादुर थापालाई रेलवाट धकेलेर हत्या गरिएपछि परिवार शोकमा छन् । पूर्वी फिक्कल- ९ याङ घर भएका थापा छोरीको उपचारको क्रममा गएको बेला रेलबाट झारेर मारिएका हुन् । छोरी तुलसा थापाको मुटुको अप्रेशनका लागि कृष्णवहादुर बैङ्लौर गएका थिए । बैङ्लौरस्थित ह्वाइट फिल्ड हस्पिटलले अप्रेसनका लागि १५ दिनको समय तोकेको थियो । दिल्लीमा रहेका छोरा र छोरीज्वाईंलाई भेट्न आएका उनीहरुलाई राजस्थानको ढोलपुरमा लुटेराले साउन २९ गते आक्रमण गरेका थिए । 'बहिनीमाथि लुटेराले हातपात गर्दै सामान लुटेपछि बुवाले प्रतिवाद गर्नु भएछ,' किरियामा बसेका छोरा रामराजले भने, 'बहिनीले केही क्षणपछि नै बुवालाई नदेखेपछि लट्ठा तानेर रेल रोक्दा बुवा भुँइमा पछारिनु भएको देखिछन् ।' त्यहि रेलमा हालेर नजिकैको अस्पताल पुर्‍याउदा थापाको मृत्यु भइसकेको थियो । 'लुटेराको प्रतिवाद गर्ने क्रममा तानेर झारेको आशंका छ,' उनले भने । 'बहिनीले दिल्लीमै रहेका दिदी भिनाजुलाई फोन गरेपछि घटना थाहा भयो,' उनले भने, 'म पनि त्यहिं साउण्ड सिस्टममा काम गर्दै गरेकाले तत्काल घटनास्थल पुग्दा बुवा वितिसक्नु भएको थियो ।' लुटेराले दुवै जनाको नागरिकता, अस्पतालको पे्रस्किप्सन र पैसासहितको ठूला दुईवटा व्यागसमेत लगेको उनले जनाए । 'बुवा त बित्नु भयो तर बहिनीको उपचारमा पनि अस्पतालको रिपोर्ट लुटिएकाले समस्या छ,' उनले भने । सामान्य कृषि पेशामा निर्भर थापाले ऋण गरेरै छोरीको उपचारका लागि रकम जम्मा गरेका थिए । तुलसाको मुटुको दुवै भल्व विग्रिकाले पटक/पटक बैङ्लोरमा उपचारका लागि लगिने गरेको परिवारले जनाएको छ । उपचारका लागि तुलसालाई तीन पटकसम्म बैङ्लौर लगिएको परिवारले जनाएको छ । 'घटना भएको बेला त्यहाँका पुलिसले राम्रो सद्‍भाव देखाउँदै क्षतिपूर्तीका लगि माग गर्न भनेका थिए,' रामराजाले भने, 'बिरानो ठाउँ भएकाले साहस गर्न सकिएन ।' घटनापछि सिंगो गाउँ शोकमा छ । श्रीमती हरिप्रियाको घटनापछि होसहवास उडेको छ । २००७ सालमा राणा विरोधी आन्दोलनमासमेत सकृय भएका कृष्णवहादुर प्रजातान्त्रिक आन्दोलनका हिमायती थिए । 'उहाँको अस्वभाविक निधनको घटना सुन्दा आश्चार्य लागेको छ,' उनले भने, 'रेलमा यात्रा गर्ने यात्रुमाथि पनि यस्तो अपराध हुँदा भारत सरकार मौन रहनु दुःखको कुराहो ।' थापा लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा सरिक थिए । एउटा छोरा कतार र अर्को दिल्लीमा भएको र कान्छी छोरी बाहेकको विवाह भएपछि कृष्णवाहादुर श्रीमती एक बुहारी र एक नातीसँग बस्दै आएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger