Widgets

Home » » घरजग्गा कर बृद्धिमा दलको विरोध

घरजग्गा कर बृद्धिमा दलको विरोध

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Tax

काठमाडौं, श्रावण २२ - काठमाडौ महानगरपालिकाले घरजग्गा कर बृद्धि गरेको भन्दै राजनीतक दलहरुले विरोध गरेका छन । घर जग्गा कर बृद्धि गर्दा साना करदातालाई समस्यामा परेको उनीहरुको आरोप छ । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपमेयर नवीन्द्रराज जोशीले महानगरले अचानक घर जग्गा करबृद्धि गरेको बताए । 'नौं सय प्रतिशत कर बृद्धि गरेको छ, यसमा पुर्न विचार हुनपर्छ,' उनले भने । २२ औं नगरपरिषदले गरेको घरजग्गा कर मुल्याङकनमा ठूला करदातालाई छुट भएपनि सानाखाले समस्यामा परेका छन् । एमाले नेता विद्यासुन्दर शाक्यले कर बृद्धि फिर्ता लिनु पर्ने बताए । बृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको भन्दै उनले त्यसको सुनुवाई नभए थप आन्दोलनको घोषणा गर्ने बताए । 'हचुवाका भर कर बढाउन हुदैन, जनता मारमा परेका छन्' उनले भने । साना करदातालाई दुई देखि तीन सय प्रशित कर बृद्धि भएको छ । करदातालाई समस्या परे पनि विगतका बर्षभन्दा बढी कर प्रणाली बढी बैज्ञानिक भएको महानगरको दाबी छ । महानगरका प्रबक्ता शान्ताराम पोखरेलले केही बृद्धि भएको स्वीकार्दै करप्रणालीमा एकरुपता भएको बताए । 'केही कमीकमजारी छन त्यसलाई सुधार गछौं' उनले भने । २२ औं नगरपरिषदले महानगरका प्रत्येक गल्लीको घरजग्गा राजश्वको मुल्याङकन मापन पद्धति पारित गरेको छ । विगतका वर्षमा मुल्याङकन पद्धति निकै अस्पष्ट थियो भने गल्ली र मुलसडकको पनि कर निर्धारण बैज्ञानिक थिएन । नयाू कर निर्धारण्ा अनुसार बाटोको आधारमा घरजग्गा कर निर्धारण गरिएकामा अहिले प्रतिरोपनी बढीमा ८५ लाख र कम्तीमा ४५ लाख मूल्यांकन गरिएको छ। जुन रकममा कच्ची सडकसूग जोडिएको रहेमा १० प्रतिशत र गल्ली गोरेटो (छ फिट चौडाइ) रहे २० प्रतिशत छुट दिई मूल्यांकन गर्ने प्रावधान छ । मुख्य सडकछेउ रहेका हकमा भने छुट उपलब्ध नहुने नियम छ । यसअघि १८ सयदेखि ४ लाखसम्म कर तिर्दै आएकाहरु मारमा परेको देखिन्छ । नयाू कर निर्धारण अनुसार साना करदाताले दुःखी हुूदै तिरेको र ठूला करदाताले खुशीसाथ कर तिरिरहेका छन् । महानगरका एक कर्मचारीका अनुसार सानो घर र धेरै जग्गा हुनेहरु पूण्र्ारुपमा मारमा परेको देखिन्छ । ति कर्मचारीले भने, 'ठूला करदातालाई छुट दिए जस्तो देखिएको छ ।' जनगण्ाना २०६८ अनुसार महानगरपालिकामा दुई लाख ५४ हजार सात सय ६४ वटा घर रहे पनि महानगरपालिकाले ६० हजार वटा घरलाई मात्र करको दायरामा ल्याउन सकेको छ । 'अब अनुगमनद्धारा सबैलाई करको दायरामा ल्याउूछौ' तिकर्मचारीले भने, 'यसै आर्थिक वर्षदेखि जसरी भएपनि करको दायरामा ल्यउनै पर्छ ।' महानगरपालिकाका अनुसार अघिल्लो आथिर्क वर्षमा ३९ करोड घरजग्गा कर उठाउने लक्ष्य लिएकोमा महानगरपालिकाले ३६ लाख उठाएको छ । साथै, चालु आथिर्क वर्षमा ४६ करोड रुपैयाू घरजग्गाबाट राजस्व उठाउने लक्ष्य लिएको छ । कर शंसोधन सम्बन्धि राजनीतिक दलले विरोध गरेपछि महानगर २२ औं नगरपरिषदको निर्णयलाई संशोधन गर्ने तयारीमा पुगेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger