Widgets

Home » » बजेट बढ्दा आर्थिक कुटनीति उत्साहित

बजेट बढ्दा आर्थिक कुटनीति उत्साहित

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Budget

काठमाडौं, श्रावण २२ - विश्व बजारबाट मुलुकलाई उच्चतम फाइदा दिलाउन विदेशस्थित नेपाली नियोगहरूले गत वर्षभन्दा डेढ गुणा बढी बजेट पाउने भएका छन् । आर्थिक कुटनीतिअन्तर्गत विश्वभरका ३२ नेपाली नियोगका लागि यस आर्थिक वर्षमा ४ करोड छुट्याइएको छ । गत वर्ष २ करोड ६५ लाख मात्र थियो । यसअघि आर्थिक कुटनीति भनेर नेपाली नियोगले सामान्य भोज, भेटघाट गर्ने गरेकामा यस पटकदेखि केही ठोस काम गर्न सकिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । आर्थिक कुटनीति प्रवर्द्धन गर्न मन्त्रालयमा एउटा विशेष स्रोत केन्द्र स्थापना गरिने भएको छ । वहुपक्षीय आर्थिक मामिला महाशाखा प्रमुख सहसचिव कृष्ण ढकालका अनुसार हरेक नियोगमा आर्थिक कुटनीतिसम्बन्धी क्रियाकलाप समन्वय गर्न नियोग प्रमुख नेतृत्वमा एउटा छुट्टै संयन्त्र निर्माण हुने भएको छ । मन्त्रालयले आर्थिक कुटनीतिसम्बन्धी निर्देशिका तयार गरिरहेको छ । निर्देशिका लागु भएपछि आर्थिक कुटनीतिका क्रियाकलापमा एकरुपता आउने बताइएको छ । त्यसअन्तर्गत क्षेत्रगत प्राथमिकता निर्धारण गर्न रणनीति तयार भइरहेको जानकारी ढकालले दिए । आर्थिक कुटनीतिले गति लिन खोजिरहेको अवस्थामा हालै उच्चस्तरीय आर्थिक कुटनीति कार्यान्वयन तथा अनुगमन समिति बैठक मन्त्रालयमा बसेको छ । ३ वर्षदेखि समिति बैठकसमेत बस्न सकेको थिएन । परराष्ट्रमन्त्री अध्यक्ष रहने उक्त समिति आर्थिक कूटनीतिसम्बद्ध संयन्त्रलाई दिशानिर्देश गर्ने सर्वोच्च अनुगमन निकाय हो । आधुनिककालमा विश्व कुटनीतिको सबैभन्दा महत्त्वपूर्ण अंश आर्थिक कुटनीतिमा नेपाल भर्खरै ठोस रूपमा अघि बढ्न खोजेको हो । सरकारले आर्थिक कुटनीति अन्तर्गत विकास सहयोग, सिधा विदेशी लगानी, पर्यटन, निर्यात व्यापार र वैदेशिक रोजगारी प्रवर्द्धनलाई मुख्य कार्यक्षेत्र तोकेको छ । प्रायः चर्चामा रहने नेपाली नियोगहरूको कमजोर भुमिका र उदासिनता न्युन पार्न आर्थिक कुटनीतिको यो पहल प्रभावकारी हुनसक्ने विश्लेषकहरूको भनाई छ । नेपाली नियोगहरूले खासगरी पर्यटन र वैदेशिक रोजगारी प्रवर्द्धनका क्षेत्रमा छिट्टै नतिजामुखी क्रियाकलाप गर्नसक्ने अधिकारीहरूको विश्वास छ । यसअघि २ पटक नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिंदा नेपाली नियोगहरूले खासै योगदान पुर्‍याउन सकेका थिएनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger