Widgets

Home » , » सिंह भुकेपछि चिडियाखाना नांगियो

सिंह भुकेपछि चिडियाखाना नांगियो

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिंह त जमिनै थर्किने गरि गर्जिनुपर्ने हो । तर चिडियाखानामा राखिएको एउटा सिंह भने भुक भुक गरेर भुक्न थाल्यो । सिंह भुक्न थालेपछि चिडियाखाना घुम्न गएका दर्शक तिनछक परे । तर चिडियाखानाका कर्मचारी भने लाजले रातो भए । एउटा ठूलो झुटको पर्दाफास भएकोमा उनीहरु लाजले मर्नु भए ।
1
यो घटना चीनको हो । चीनको हेनान प्रान्तस्थित एक चिडियाखानामा अफि्रकी सिंह भनेर राखिएको जनावर एकाएक भुकेपछि चिडियाखानाको करतूतको पोल खुलेको हो । वास्तवमा चिडियाखानाले सिंह भनेर कुकुरलाई त्यहाँ राखेको थियो । सिंह भन्दै ढाँटेर चिडियाखानाले तिब्बली जातको कुकुर खोरमा राखेको थियो । त्यो कुकुरको अगाडि पट्टकिा रौँ निकै लामा हुने र कद पनि अग्लो हुने भएकाले ठ्याक्कै सिंहजस्तै देखिन्थ्यो ।
तर आखिर स्याद कहिल्यैपनि सिंह हुन सक्दैन भनेझैँ भुत्ला ठूला हुँदैमा कुकुर सिंह बन्ने कुरै भएन । कुकुरको काम त गर्जिने होइन, भुक्ने हो । त्यसैले सिंह बनाइएको त्यो कुकुर आफुलाई हेर्न आएका मान्छेलाई देखोर भुक भुक गर्दै भुक्यो । सिंह भुकेपछि बल्ल चिडियाखानाको बदमासीको पोल खुल्यो ।
2
त्यो चिडियाखानाको बदमासी त्यत्तिमात्र कहाँ रहेछ र ? त्यसले दुइ वटा मुसालाई समेत सर्प भनेर देखाउने गरेको रहेछ । फ्याउरोलाई चितुवा भनेर र कुकुरलाई जंगली भेँडा भनेर देखाउने गरेको रहेछ ।
बदमासीको पोल खुलेपछि चिडियाखाना प्रमुखले आफ्नो बचाउ गर्दै चिडियाखानामा पालेको सिंह प्रजननका लागि बाहिर लगिएकोले एक जना कर्मचारीको घरमा पालिएको कुकुर ल्याएर प्रदर्शनमा राखिएको बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger