Widgets

Home » » पाँच सय लिन ३ घन्टा पैदल

पाँच सय लिन ३ घन्टा पैदल

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

money

संखुवासभा, श्रावण २१ - खाँदबारी १२ की ८२ वर्षीया सावित्रा विकलाई सरकारले वितरण गरेको वृद्धभत्ता लिन बैकसम्म पुग्न ३ घन्टा पैदल हिंड्नुपर्छ । केही महिनासम्म उनलाई खाँदबारी नगरपालिकाले घरमै पुगेर भत्ता दिंदै आएको थियो । बुढेसकाल र कमजोर शरीरका कारण उनलाई बैंक पुग्न मात्रै ३ घन्टा लाग्ने गरेको बताइन् । उनले राष्ट्रिय वाणिज्य बैंकको खाँदबारी शाखाबाट मासिक भत्ताबापत ५ सय रुपैयाँ पाउँछिन् । 'महिनाको ५ सय लिन ३ घन्टा हिंड्नुपर्छ, वर्षात्का बेला भएकाले कतिखेर आकाशबाट पानी पर्छ थाहा हाँदैन,' उनले भनिन्, 'साह्रै झन्झट भयो, पहिले-पहिले घरमै पाइन्थ्यो ।' बैंकमा पुगेर पनि उनले सहजै भत्ता पाउँदिनन् । उनलाई कम्तीमा २ घन्टा बैंकमा लाममा बस्नुपर्छ । भत्ता लिएर र्फकंदा उनी ३ दिनसम्म थलासमेत परेको बताउँछिन् । सावित्रा मात्रै होइन, उनका छिमेकी ७२ वर्षीय हर्कबहादुर विकको पनि उस्तै बेथा छ । उनले वृद्ध, विधवा, एकल महिला, अपांगहरूलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता बैंकबाट लिन गाह्रो भएको बताए । बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन असजिलो भएकाले गाउँगाउँबाट नै बाँडिनुपर्ने उनले माग राखे । उनले भने, 'गाउँमै सरकारी कर्मचारी आएर भत्ता बाँडे तातो घाममा हिंडिरहनुपर्ने थिएन । अधिकांश अपांग तथा वृद्ध, विधवा बैंकसम्म धाएर भत्ता लिन सक्ने अवस्थाका छैनन् ।' गाउँमा पुगेर भन्दा बैंकबाट बाँड्दा प्रभावकारी हुने भन्दै जिल्ला विकास समिति र खाँदबारी नगरपालिकाले भत्ता बैंकबाट बाँडेपछि दुःख भोग्नुपरेको गुनासोसमेत उनीहरूको छ । कतिपयले वृद्ध विधवा हिंड्न सक्ने अवस्था नभएकाले नाति/नातिनीलाई साथ लिएर भत्ता लिन सदरमुकाम आउनुपरेकाले थप पीडामा छन् । खाँदबारी ४ पाङ्माका ६५ वर्षीय केशव राई पनि सामाजिक सुरक्षा भत्ता लिन आफूहरूलाई समस्या परेको बताउँछन् । उनले वडावडामा नै भत्ता बाँडिनुपर्ने माग गरे । उनले आफ्नो भत्ता आफन्तलाई दिनुपर्ने समेत माग गरेका छन् । आफ्नी श्रीमती बिरामी भएको कारण बैंकसम्म आउन नसक्ने भएकाले भत्ता पाउनबाट वञ्चित भएको उनको भनाइ थियो । सरकारले स्थानीय निकायबाट भत्ता वितरण गर्दा आर्थिक हिनामिना भएको भन्दै राष्ट्रिय वाणिज्य बैंकबाट रकम वितरण गर्दै आएको जिविसका लेखा परीक्षक दावा भोटेले बताए । 'सरकारको निर्णयका कारण गाउँगाउँ गएर भत्ता वितरण गर्न सकिँदैन,' भोटेले भने, 'उनीहरूलाई परिचयपत्र वितरण गरिसकेकाले गाउँगाउँ गएर भत्ता वितरण गर्न सकिँदैन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger