Widgets

Home » » मध्यरातमा छात्रा परिक्षार्थीमाथी प्रहरी दुर्व्यवहार

मध्यरातमा छात्रा परिक्षार्थीमाथी प्रहरी दुर्व्यवहार

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Dipayal

डोटी , श्रावण २१ - स्टाफ नर्सका लागि लोकसेवाको परीक्षा दिन आएका परिक्षार्थीहरुमाथि प्रहरीहरुले दुर्व्यवहार गरेका छन् । मध्य तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा घर भएका पाँच परिक्षार्थीहरुले होटलमा सुतिरहेका बेला प्रहरीहरुले दुर्व्यवहार गरेको भन्दै क्षेत्रीय प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक मीनबहादुर बोहरा सहितको टोलीले रातभर होटलमा सुत्न नदिएर तनाव दिएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । सोही घटनाका कारण परिक्षार्थीहरु सोमबार दिनभर मानसिक तनावमा छन् । तनावका कारण उनीहरु परिक्षाको तयारी छोडेर महिलाअधिकारकर्मी, पत्रकार, होटलव्यवसायीहरुलाई न्यायका लागि पहल गरि दिन गुहारिरहेका थिए । उनीहरुको मंगलबार परिक्षा छ । प्रहरीहरुले युवा युवतीहरु अवैद्य रुपमा होटलमा बसेको सुचना पाएको भन्दै छापा मार्न खोजेको बताएका छन् । तर प्रशिक्षार्थीहरुले छापा मार्ने नाममा आफूहरुलाई प्रहरीले जबरजस्ती कोठामा लात हान्ने, बाहिरबाट चुकुल लगाउने, कागजात जफत गर्ने जस्ता दुर्व्यवहार गरेको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालयका इन्चार्ज महेन्द्रकुमार रानाले गलत सूचना दिनेलाई पक्राउ गरिसकेको बताए । उनले प्रकृया नपर्‍याइ छापा मार्न जानु प्रहरीको गल्ती भएको स्विकारे । तर सोमबार बिहान दिपायलमा घटना फैलँदासम्म पनि इलाका प्रहरी कार्यालयले माथिल्लो निकायलाई खबर नगरी घटना लुकाउन खोजेको थियो । 'तपाईंले सोधपुछ गरेपछि मात्र मैले जानकारी पाएँ,' जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रेम चन्दले भने, 'प्रहरीले जहाँसुकै पनि छापा मार्न पाउँछ तर राति १२ बजे त्यसरी सामान्य केसमा छापा मार्नु कानुन विपरीत मानिन्छ, किन गएका रहेछन् बुझेर कारवाही प्रकृया अगाडि बढाउँछु ।' पीडित परिक्षार्थीहरुले गलत सूचना दिने ब्यक्तिको बारेमा जानकारी दिन दवाव दिएपछि स्थानिय युवकको नाम बताएको थियो । तर ती युवकले बाहिर सुनेको हल्लाका आधारमा प्रहरीलाई एसएमएसबाट खबर गरेको बताउँदै आएका छन् । 'अल्लारे केटाहरुले दिएको जानकारी कति तथ्यपरक छ भन्ने बुझ्दै नबुझी प्रहरीले छापा मार्नु कति न्याय संगत छ,' पीडित परिक्षार्थीले आक्रोस पोखिन, 'फेरि रातको १२ बजे प्रहरीले होटल स‍ञ्चालकलाई जानकारी नै नदिइ त्यसरी छापा मार्न कानुनले दिन्छ कि दिन्न, प्रहरी भन्दैमा अरुको इज्जतमाथि आँच काम गर्न पाइन्छ ।' परिक्षार्थीहरुले घटनाबारे थाहा पाएर घरपरिवार समेत चिन्तामा परेको बताए । 'छोरीहरु कार्यरत संस्थामा अनेक टिकाटिप्पणी हुन थालेको छ,' एक परिक्षार्थीकी आमाले भनिन्, 'हामीले त दुखः भोग्यौं भोग्यौं, अरुले यस्तो समस्या नझेल्नु परोस् भन्ने पनि हाम्रो मनसाय हो ।' होटल सञ्चालक गणेशबहादुर सिंहले आफुलाई जानकारी नै नदिएर ग्राहकहरुको कोठामा प्रहरी छिर्नु उचित नभएको बताए । 'छापा मार्नु नै थियो भने हामीलाई जानकारी सम्म दिनुपर्दथ्यो' सञ्चालक सिंहले भने, 'एक्कासी दादागिरी शैलीमा आएर निर्दोष परिक्षार्थीहरुमाथि दुर्व्यवहार भएको छ, रातभरी उनीहरुलाई सुत्न दिइएन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger