भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि खर्च जुटाउन पार्टी सभापति सुशील कोइरालाको संयोजकत्वमा ‘निर्वाचन कोष निर्माण समिति’ गठन गरेको छ ।
पार्टी कार्यालय सानेपामा शनिबार बसेको पदाधिकारीहरुको बैठकले चुनावी खर्च जुटाउन ७ सदस्यीय समिति गठन गरेको हो । समितिमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापतिरामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरु रामकृष्ण ताम्राकार, रामशरण महत र दीपकुमार उपाध्याय रहेका छन् । यस्तै उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा संविधानसभा निर्वाचन घोषणापत्र तयारी समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
बैठकले उम्मेदवार सिफारिस गर्न सबै जिल्ला कार्यसमितिहरुलाई परिपत्र गर्ने निर्णय गरेको छ । नाम भदौ २० गतेभित्र केन्द्रमा आइपुग्नु पर्नेछ । साथै, जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउँ, गाउँ वडा तथा मतदान केन्द्र समितिहरुका पदाधिकारीहरुको नामावली भदौं २० गते अगावै केन्द्रमा पेश गर्नका लागि सबै जिल्लालाई निर्देशन दिने निर्णय भएको मुख्य सचिव चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले ७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
Home »
news
,
समाचार
» कांग्रेसद्वारा चुनावी खर्च जुटाउन सभापतिको नेतृत्वमा समिति गठन घोषणा पत्र लेख्ने जिम्मा रामचन्द्र पौडेललाई
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.