भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दोरम्बा हत्याकाण्डको ११ वर्ष पूरा हुँदा समेत दोषीलाई कारबाही नहुनुलाई राज्यले नागरिकमाथि गरेको घोर अन्याय भनेको छ ।
आयोगले शनिबार विज्ञप्ति जारी गरि हत्याकाण्डका पीडकलाई कारवाही र पीडितहरुलाई राहत, परिपूरण र क्षितिपूर्ति दिन सरकारको सिफारिस कार्यान्वयन भएकोमा अस्न्तुष्टी जनाएको छ । विज्ञप्तिमा भनिएको छ-’ हत्याकाण्ड भएको ११ लाग्दा पनि पीडकलाई कानुनी कारबाही नहुनु र पीडितलाई उचित क्षतिपूर्ति प्रदान नगरिनु राज्यको तर्फबाट नागरिकप्रति गरिएको घोर अन्याय हो ।’
आयोगले सर्वोच्च अदालतको पूर्वन्यायाधीश माननीय कृष्णजङ्ग रायमाझीको संयोजकत्वमा तत्काल छानबिन टोली गठन गरी छानविन गरेको थियो । शान्ति सम्झौता पछाडि बनेका सबै सरकारले आयोगको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरे पनि व्यवहारमा पीडकहरूलाई कानुनी दायराभित्र ल्याई कारबाहीको प्रक्रिया अघि नबढेको आयोले जनाएको छ ।
‘सत्य निरूपण तथा मेलमिलाप आयोग गठन नहुनु अर्को दुःखद पक्ष हो’ आयोगले भनेको छ-’देशमा मानव अधिकारको सम्मान र संरक्षण गर्न एवम् मौलाउँदै गएको दण्डहीनताको कुसंस्कार अन्त्य गर्नका लागि नेपाल सरकारलाई गरेको सिफारिस, आदेश र सुझावहरूल्ााई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोग पुनः आहृवान गर्दछ ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.