भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानहरुका लागि केही विशेष खबर छ । छोरी पाएसँगै बलिउडबाट हराएकी ऐश्वर्या अब बलिउडमा कमब्याक गर्दैछिन् । उनी सामान्य हिसाबमा पुनरागमन गर्ने मूडमा छैनिन् । साँच्चीकै धूम मच्चाएर आउँदैछिन् । ऐश्वर्या एक विशेष डान्स नम्बरका साथ बलिउडमा कमब्याक गर्न लागेकी हुन् ।
ऐश्वर्यालाई बलिउडमा कमब्याक गराउन मनाउने अरु कोही होइन । उनै संजय लिला भन्साली हुन् जोसँग ऐश्वर्याले यसअघि पनि धेरै काम गरिसकेकी छिन् । हो, ऐश्वर्या संजयको आगामी फिल्म रामलीला मा विशेष नृत्यका साथ प्रस्तुत हुनेछिन् ।
स्मरण रहोस् ऐश्वर्याले भन्सालीको साथ देवदास तथा दिल दे चुके सनम जस्ता फिल्म गरिसकेका छन् । यसमा यी दुइको ट्युनिङ खुबै मिलेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.