Widgets

Home » » बेलायतमा गुन्जँदै नौमती धून

बेलायतमा गुन्जँदै नौमती धून

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ साउन, लण्डन । ‘अब पालो नौमती बाजाको’ उद्घोषकले यासो भन्ने बित्तिकै हलमा रहेका धेरै सहभागी मञ्चमा उक्लिहाले । मञ्चमा नअटेकाहरु आआफ्नै ठाउँमा उभिए । वाद्यवादकहरुले नौमती बाजा घन्काउन मात्रै के सुरु गरेका थिए, केटाकेटीहरु देखि वयस्क र बृद्धसम्म कम्मर मर्काई मर्काइ नाच्न थाले । कोही उठेर नाचे । कोही बसेरै हल्लिन थाले । कोही बाजाको तालमा फनफन्ती घुमे । नाचका मुद्रा मिले कि मिलेनसंग कसैलाई सरोकार थिए । नौमती बाजाले हल गञ्जायमान थियो, सहभागीहरु आआफ्नो शैलीमा नाचेर कार्यक्रमलाई थप रगिंन बनाइरहेका थिए । बाजा बज्न रोकिनासाथ हलमा उपस्थित झन्डै चार सय नेपाली सुहभागी एकैचोटी चिच्याउँथे,’वान्स मोर ।’ बेलायतको फार्नबोरोमा नेपाली समुदायले यही आइतवार आयोजना गरेको आपसी भेटघाट कार्यक्रमको दृश्य हो. यो । अचेल बेलायतमा नेपाली समूदायउले गर्ने कुनै पनि कार्यक्रममा नौमती बाजा अपरिहार्यजस्तै भएको छ । त्यो पनि रेकर्ड गरिएको धून होइन, तालिमप्राप्त वाद्यवाधकहरु नै राखेर । विवाह, चाडपर्व, सम्मेलन तथा समारोह जे बहानामा जमघट भएपनि नेपालको यो लोकबाजा नभई हुन्न । अनि बल्ल सुरु हुन्छ नाचगान । कतिसम् मभने,कार्यक्रमको निम्तो पाउनासाथ निम्तालुहरु सोध्ने गर्छन,’नौमती बाजा छ कि छैन ? ‘ आजको नागरिक दैनिकले समाचार छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger