Widgets

Home » » महाकालीपारी ‘अन्न’ छैन

महाकालीपारी ‘अन्न’ छैन

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ साउन, दार्चुला । असार पहिलो साता बाढीले भारतसंग समेत सम्पर्क विच्छेद गरिदिएपछि महाकालीपारीका दुई गाउँमा खाद्यान्न संकट निम्तिएको छ । नेपाल , भारत र चीन तीन देशको सीमा क्षेत्र व्यास गाविस अन्र्तरगत तिंकर र छाङरु गाउँका १ सय ६० परिवार एक सातादेखि खाद्यान्न अभावले पिरोलिएका छन् । गत वर्षको खाद्यान्न सकियो, अब कहाँवाट ल्याउने भन्ने पिरलो छ,’छाङरुबाट जमानसिंह बोहराले भने,’भारतले खाद्यान्न बेच्न छोडेकाले झन् दुख पाएका छौ ।’ यी दुई गाउँमा बसोबास गर्दै आएको मौका समूदायले डेढ दशकदेखि छाङरु र तिंकर गाउँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्दै आएका छन् । किनमेल पनि भारततिरै । नेपालको तर्फको बाटो पैदल हिँड्न समेत लायक छैन । बर्षेनी बाढीपहिरोले नाजुक बनाउने गरेको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ । असारको बाढीले भारततिर जाने बाटोसमेत बिगारिदिएपछि गाउँले झन् आपतमा छन् । उनीहरुलाई तिब्बतको ताक्लोकोट बजारवाट पनि खाद्य सामग्री ल्याउन दिएको छैन । ‘भारत र तिब्बतवाट खाद्यान्न खरिद गर्न नपाएपछि बाँच्न गाह्रो हुने भयो,’बोहराले दुखेसो बिसाए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger