Widgets

Home » , » माओवादीका ७० पूर्वलडाकू आजदेखि सैनिक अधिकृत

माओवादीका ७० पूर्वलडाकू आजदेखि सैनिक अधिकृत

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, काठमाण्डौं । माओवादीका ७० जना पूर्वलडाकूहरुले आजदेखि नेपाली सेनाका अधिकृतका रुपमा काम सुरु गर्ने भएका छन् । भक्तपुरस्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्रमा तालिम लिइरहेका ७० जनालाई आज एक कार्यक्रमका बीच नेपाली सेनाको उपसेनानीको दज्यानी चिह्न प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । खरिपाटीमा आयोजित औपचारिक कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत निम्त्याइएको सेनाले जनाएको छ । पूर्वलडाकू मध्ये ७१ जनाले अधिकृतका लागि योग्य भएपनि एकजनालेबीचमै तालिम छोडेकाले ७० जनाले अधिकृतको आधारभूत तालिम लिएका थिए । दज्यार्नी चिन्ह पाएका सेनाले तीन महिनासम्म ब्रिजकोस गर्नुपर्ने र त्यसपछि विभिन्न पदमा नियुक्ति दिइने सेनाले जनाएको छ । माओवादीका १९ हजार ९ सय २ लडाकु मध्येबाट छानिएका ७१ जनामा १ जनालाई महासेनानी, २ जनालाई प्रमुख सेनानी, १३ जनालाई सेनानी, ३० जनालाई सहसेनानी र बाँकीलाई उपसेनानीको दर्जा दिइने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger