Widgets

Home » , » प्रचण्डविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दायर

प्रचण्डविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दायर

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१० भदौ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा मुद्दा दायर गर्नु भएको हो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रचण्डले आफ्नो पार्टीका लोकप्रिय नेताहरुलाई चुनाव लड्न नदिने षड्यन्त्र भएको भन्दै द्वन्द्वकालको मुद्दा व्यूँताए विद्रोह गर्ने चेतावनी दिनु भएको थियो । प्रचण्डले अदालतको जात के हो भन्दै सोधेको दावी गर्दै रिटमा यसबाट अदालतको अवहेलना भएको उल्लेख छ । विभिन्न सञ्चार माध्यममा आएको समचारलाई आधार बनाइ दायर रिटमा भनिएको छ-’निज विपक्षीले उहाका कुनै पनि कार्यकर्तालाई मुद्दा चलाईए बिद्रोह गर्ने धम्की समेत दिनु भएको छ ।’ विपक्षीको उक्त भनाईले अदालतको मर्यादा एवं निष्पक्षता माथी गम्भीर आधात पुग्न गएकोले सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम यो निवेदन लिई उपस्थित भएको छु ।’ अदालतको जात सोधेर अदालतको निष्पक्षता, यसको संवैधानिक भूमिका एवं विश्वसनियतामाथि गम्भीर आघात पुर्‍याएको भन्दै रीट निवेदनमा भनिएको छ-’निज पुष्पकमल दाहाललाई अदालतमा तत्काल सशरीर उपस्थीत गराई बयान लिई संक्षीप्त प्रकृयारा सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम हदै सम्मको सजाय गरी पाऊँ ।’ रिटमा प्रचण्डलाई अदालतमा सशरीर उपस्थित गराइ बयान लिइ सक्षींप्त प्रक्रियाद्वारा सर्वोच्च अदालतको ऐन बमोजिम सजाय गर्न माग गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger