Widgets

Home » , » दशैं तिहारमा अफगानिस्तानबाट घर फर्कन नपाएको गुनासो पीडित भन्छन्- घर फर्कने वातावरण बनाइदिनुपर्‍यो

दशैं तिहारमा अफगानिस्तानबाट घर फर्कन नपाएको गुनासो पीडित भन्छन्- घर फर्कने वातावरण बनाइदिनुपर्‍यो

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा आफगानिस्तानमा कार्यरत नेपालीहरुले दशैं तिहारजस्ता चाडबाडमा समेत नेपाल फर्कन नपाएको भन्दै स्वदेश फर्कने वातावरण बनाइदिन आग्रह गरेका छन् । ‘अफगानिस्तानमा लगभग १० हजार नेपाली छौं । यहाँको काम दाम सबै राम्रो छ । इन्टरनेशनल आइएसओको नियम अनुसार काम हुन्छ । सुविधा पनि छ । तर, यहाँबाट नेपाल आयो भने फर्किन गाह्रो हुने भएकाले हामी यहाँ भएका सबै नेपालीको बिजोग छ ।’ कान्दाहारमा कार्यरत किरण योन्ञ्जनले अनलाइनखबरसँग भन्नुभयो,- ‘दशैं तिहारमा पनि नेपाल आउन नपाइने भइयो । नेपाल आएपछि फर्किने कुनै ग्यारेन्टी छैन ।’ अफगानिस्तानमा कार्यरत नेपालीहरुका लागि कम्पनीमा राम्रो सुविधा भए पनि बैधानिकताका कारण उपभोग गर्न समस्या परिरहेको योन्जन बताउनुहुन्छ । ‘हामीसँग सम्झौता पत्र, कम्पनीको परिचयपत्र, आइएसएफ कार्ड, कम्पनीको आधिकारितातासम्बन्धी पत्र, आतेजाते निशुल्क टिकट, होटल बुकिङ, मेडिकल, वीमा र युएई भिसा लगायत सबै कागजात हुँदा पनि नेपाल सरकारले हामीलाई हेरेन,’- उहाँले अनलाइनखबरसँग भन्नुभयो- ‘श्रम विभागले पनि मान्यता दिएन र एयरपोर्टमा हामीलाई खेदो गरियो ।’ आफूहरुले यसबारे पाकिस्तानस्थित नेपाली राजदूतसँग गत वर्ष नै यसबारे समस्या दर्शाउँदा पनि सुनुवाइ नभएको योञ्जनले गुनासो गर्नुभयो । ‘पाकिस्तानका राजदूतलाई पनि गत वर्ष खबर गरेको, केही उपलब्धी भएन ।’ उहाँले भन्नुभयो, श्रम विभागले टोली पठाउने कुरा थियो । त्यो पनि सुरसार छैन ।’ अफगानस्तिानमा नेपाली दूतावास नभएकाले पाकिस्तानले नै त्यहाँको समस्या हेर्ने गर्छ । पाकिस्तानकमा रहेको नेपाली दूतावासले अफगानिस्तानका साथै टर्की र इरानसमेत हेर्दै आएको छ । अफगानिस्तानका लागि नेपाल सरकारले अहिलेसम्म रोजगारीको वैधानिक व्यवस्था नगरेका कारण त्यहाँ कार्यरत नेपालीहरुलाई स्वदेश आवत-जावत गर्न कठिनाइ भएको हो । भारतको दिल्ली हुँदै अफगानिस्तान जाने गरेका उनीहरु नेपाल फर्किएको अवस्थामा त्रिभुवन विमानस्थलबाट फर्कन सक्दैनन् । वैदेशिक रोजगारीका लागि सुरक्षाको दृष्टिले चुनौतीपूर्ण भए पनि अफगानिस्तान कमाइका दृष्टिले राम्रो गन्तव्य मानिन्छ । हाल त्यहाँ करिब एक हजारको संख्यामा नेपाली युवाहरु कार्यरत रहेको अनुमान गरिएको छ । तर, उनीहरुलाई नेपाल सरकारले बैधानिकता नदिएका कारण दिल्लीको बाटो भएर त्यहाँ पुगेका नेपालीहरुले स्वदेशमा आवत-जावत गर्न आफ्नो देशको विमानस्थल प्रयोग गर्नबाट वञ्चित हुनुपरेको हो । काम गर्ने कम्पनीले विदामा घर आउने दोहोरो टिकट सुविधान उपलब्ध गराए पनि उनीहरुले सो सुविधा प्रयोग गर्न नपाएको गुनासो त्यहाँ कार्यरत नेपालीले लामो समयदेखि गर्दै आएका छन् । यसपालि पनि दशैंको मौसम आउन लागेको छ । तर, अफगानिस्तानमा कार्यरत नेपालीका लागि घर र्फकने सहज वातावरण बनाउन सरकारले चासो नदिएको गुनासो पीडितहरुले गर्दै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger