Widgets

Home » , » बाबु भन्दा छोरी जेठी !

बाबु भन्दा छोरी जेठी !

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

udaypur map

उदयपुर, भाद्र १० - छोराछोरी भन्दा बाबु कहिल्यै जेठो हुनसक्छ ? तर, उमेर प्रमाणित गर्ने निकायमा बसेका व्यक्तिले हेलचेक्रयाई गरे भने यस्तो पनि हुँदोरहेछ । उमेर प्रमाणित गर्ने गाविस सचिवको लापरवाहीका कारण बाबु भन्दा छोरी चार बर्षले जेठी भएकी छिन् । नागरिकता प्रमाणपत्रको सिफारिस लिन सोमबार त्रियुगा नगरपालिका पुगेकी सप्तरी दौलतपुर ४ स्थाई घर भई हाल त्रियुगा नगरपालिका ५ बस्दै आएकी तारादेवी कामीले आफ्नो विवरण पेश गर्दा उनी बाबु भन्दा चार बर्ष जेठी रहेको रहस्य खुलेको हो । ताराले पेश गरेको कागजातमा बाबु मंगलबहादुर मिजारको जन्म मिति २०२४ साल उल्लेख गरिएको छ भने छोरी तारादेवीको २०२० साल फागुन १२ गते उल्लेख गरिएको छ । सप्तरी दौलतपुरबाट तारादेवी बसाईंसराइ गरेर उदयपुर आउँदा गाविस सचिवले दिएको बसाईंसराइमा बाबुको जन्ममिति २०२४ साल र छोरीको २०२० साल उल्लेख गरिएको छ । त्रियुगा नगरपालिकाले पनि सोही अनुसारको विवरण राखेर २०६६ फागुन २३ गते ४३४-६६ नम्बरमा दर्ता गरेर बसाईंसराइ दर्ताको प्रमाणपत्र दिएको थियो । पछि नागरिकताको सिफारिस लिन आउने बेलामा नगर अधिकृत खिलराज राईले हेर्दा बाबु भन्दा छोरी जेठी पाइएपछि सबै कागजपत्र नगरपालिकाले जफत गरेको छ । 'गाविस सचिवको लापरबाहीका कारण नेपाली नागरिकताको सिफारिस पाइन' तारादेवीले भनिन् 'म पढ्न नजान्ने मान्छे सचिवले के गरिदिए थाहा छैन्' ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger