भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृतलाई घुस लिएको आरोपमा पक्राउ परेको छ । पक्राउ पर्नेमा शाखा अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् ।
गैरकानूनी फाइदा हुने गरी रकम लिई आफूसँग राखेका छन् भन्ने प्राप्त सूचनाका आधारमा अख्तियारको विशेष टोलीले खनतलासी गरेको थियो । शुक्रबार साँझ ५ः४० बजे सरकारी गाडीबाट बाहिर निस्किरहेको अवस्थामा भन्सारका शाखा अधिकृत मिनर्भा र रेग्मीको शरीर खानतलासी गर्दा रकम बरामद भएको अख्तियारले जनाएको ।
मिनर्भाको ब्यागबाट २२ हजार ५ सय र उनी चढेको गाडीको म्याटमुनि खुट्टाले थिचेर राखिएको ३९ हजार रुपैयाँ गरी ६१ हजार ५ सय रुपैयाँ बरामद भएको छ । अर्का शाखा अधिकृत रेग्मीको पाइन्टको खल्तीबाट ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ । उनीहरु दुबैलाई हिरासतमा लिइएको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.