Widgets

Home » » बन्दलाई अदालतले रोक लगाएपछि दार्जीलिङमा ‘घरभित्रै जनता’ कार्यक्रम अदालतलाई छल्न दार्जीलिङबासीको नयाँ कला प्रदर्शन

बन्दलाई अदालतले रोक लगाएपछि दार्जीलिङमा ‘घरभित्रै जनता’ कार्यक्रम अदालतलाई छल्न दार्जीलिङबासीको नयाँ कला प्रदर्शन

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३२ साउन, काठमाडौं । गोरखाल्याण्ड राज्यको माग गर्दै आन्दोलनरत दार्जीलिङका राजनीतिक दलहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई वैधानिक पुष्टि गर्न अनेकन कला प्रयोग गर्न थालेका छन् । कहिले सडकमा नांगै लम्पसार परेर अलग राज्य माग्ने उनीहरुलाई यतिबेला उच्च अदालतले बन्द र हडताल नगर्न आदेश दिएपछि अर्को कला प्रदर्शन गनुपर्ने बाध्यता आइलागेको हो । अदालतले हडताल गर्न नदिएपछि आन्दोलनकारीले बन्दकै अर्को रुपमा पाँचदिने ‘घरभित्र जनता’ कार्यक्रम आहृवान गरेका छन् । जनकर्फ्यूलाई कोलकाता उच्च अदालतले असंवैधानिक भनेपछि आन्दोलनको नाम परिर्वतन गरिएको हो । ‘जनता घरभित्रै बस्नेछन् । यो उनीहरुको इच्छा हो । हामी उहाँहरुको इच्छाको सम्मान गछौं’ समितिका प्रवक्ताले त्यहाँको स्थानीय पत्रिका दार्जीलिङ टाइम्ससँग भनेका छन् । उनका अनुसार घरभित्र जनता अभियानका क्रममा पसल तथा बजार खुल्नेछैनन् । अदालतले अनिश्चित कालीन बन्द गर्न नपाइने भनेपछि आन्दोलनकारीले कसैले बन्द नगरेको तर जनता आफ्नै इच्छाले घरभित्रै बसेको नयाँ तर्क अघि सारेका हुन् । पश्चिम बंगाल राज्यअन्तरगत कोलकाता हाइकोर्टका मुख्य न्यायाधीशले अनिश्चितकालीन बन्द कहिल्यै नसुनेको भन्दै दार्जीलिङको आन्दोलनलाई असंवैधानिक भएको घोषणा गरेका थिए । अदालतको रायपछि आन्दोलनरत पार्टीहरुको शुक्रबार बसेको संयुक्त बैठकले ‘गोरखाल्याण्ड संयुक्त कार्यसमिति’ गठन गर्दै हालै आहृवान गरिएको जनकफ्र्यूलाई ‘घरभित्र जनता’ नाम दिँदै भदौ ३ देखि ५ गतेसम्म आहृवान गरेको हो । आज घोषणा गरिएको सबै कार्यक्रम ‘गोरखाल्याण्ड संयुक्त कार्यसमिति’को हो’ गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले फेसबुकमा लेखेका छन् । जनकर्फ्यूलाई अदालतले असंवैधानिक भनिएकोबारे सोधिएको प्रश्नमा ‘गोरखाल्याण्ड संयुक्त कार्यसमिति’का प्रवक्ताले आफूहरुले जनताको कफ्र्यू नभनेको तर, पश्चिम बंगाल सरकारको रबैयाको जनताले विरोध गरेको बताए । उनका अनुसार ‘राखी पर्व’ परेकाले भदौ ९ र १० गते भने ‘घरभित्र जनता’ आन्दोलन स्थगित गर्ने सहमति भएको छ । ‘गोरखाल्याण्ड संयुक्त कार्यसमिति’ले समस्या समाधानका लागि राज्य सरकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग समेत गरेको छ । यद्यपि पश्चिम बंगाल राज्यपाल एम के नारायननले बोलाएको वार्तामा जाने बताइएको छ । आमहड्ताल गर्दा माग सुनुवाइ गर्नुको साटो राज्य सरकारले नेपाली माओवादीले हतियार दिएको आरोप लगाएपछि बुधबार र बिहीबार दुई दिने जनकर्फ्यू आहृवान गरिएको हो । जन कफ्र्यूको अवधिमा सर्वसाधारणहरु घरभित्रै बसेर समर्थन गरेका छन् । दुईसाता देखि दार्जीलिङमा चर्केको अलग राज्य मागसम्बन्धी आन्दोलन अझै मथ्थर भएको छैन । राज्य सरकारले सयौं नेताहरुलाई गिरफ्तार गरिसकेको छ । पहाडको यो आन्दालनेले भारतीय संसदमा समेत विवाद भइरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger