Widgets

Home » , » लापरबाही कहिलेसम्म ? रोगी कुखुरा निर्वाध बजारमा

लापरबाही कहिलेसम्म ? रोगी कुखुरा निर्वाध बजारमा

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

chicken

काठमाडौ, श्रावण ३० - छिमेकी मुलुक चीनमा मंगलबारसम्म बर्डफलुको संक्रमणले ४५ जनाको ज्यान गएको छ । १ सय ३४ भन्दा बढीलाई बर्ड फ्लू भएको चीनिया अधिकारीले बताएको एजेन्सीले जनाएको छ । नेपालमा कुखुराको मासु सबैभन्दा बढी खपत हुने उपत्यकामै पछिल्लो पटक बर्डफ्लूको संक्रमण ६६ ठाउँमा देखिएको छ । सरकार र व्यापारी भने 'व्यापार घाटा'को बहानामा मानव स्वास्थयमाथि गम्भीर असर पर्ने रोगी कुखुरा निर्वाध बजार पठाइरहेका छन् । वर्डफ्लू देखिएपछि कुखुरा ओसार पसारमा लगाइएको प्रतिबन्धमा सरकार एक साता पनि टिक्न सकेन । जानकारहरु यसैगरी एक पछि अर्को गल्ती गर्ने हो भने कुखुरामा मात्रै देखिएको बर्डफलु नेपालमा पनि मानिस सर्ने सम्भावना उच्च छ । चिनिया अधिकारीहरुले वडेफ्लू मान्छेबाट मान्छेमा सर्ने भएकाले यसबाट उच्च जोखिम रहेकेा औल्याएका छन् । नेपालमा पनि बेलैमा कुखुरामा मात्रै देखिएको बर्डफलु नियन्त्रण गर्न ढिलासुस्ती गर्ने हो भने थप संकट आउन सक्ने सरोकारवालाहरु बताउछन । सरकारले अहिले बर्डफलु पुष्टि भएको कुखुरा नष्ट पनि सुरक्षित र व्यवस्थित तरिकाले गर्न सकेको छैन । कसरी कुखुरा मार्ने भन्ने ज्ञान समेत नभएका व्यक्तिलाई दैनिक ज्यालादारीमा लगाएका छन् । जुन र्फममा रोग देखिन्छ, त्यसमा नष्ट गर्ने बाहेक अरु केही गर्न सकेको छैन । साउन २ गते यता उपत्यकामा ६६ कुखुरा र्फममा बर्डफलु देखि सकेको छ । त्यसमा सोमबारसम्म २ लाख ४५ हजार ३ सय ७४ कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै ०६५ देखियता मुलुकभर १ सय ६३ स्थानमा बर्डफलु देखिएको छ । त्यसमा काठमाडौंमा १५, ललितपुरमा ३, भक्तपुरमा ४८ र्फममा देखिएको छ । साउनदेखि यता मात्रै सरकारले व्यवसायीलाई करिब ४ करोड रुपैया क्षतिपूर्ति दिनु पर्ने भएको छ । एक पछि अर्को र्फममा बर्डफलु फैलिएपछि सरकारले एक साता ओसार पसारमा रोक लगायो । व्यवसायीको दबाबमा थप समय प्रतिबन्ध लगाउन सकेन । एक साता -बुधबारसम्म) पर्ख र हेर भन्ने नीति अपनाएर ओसार पसार खुला गर्‍यो । यस अवधिमा रोग लागेको कुखुरा एक ठाउबाट अर्को ठाउमा पुग्यो । र्‍यापिट टेष्ट गरेर मात्रै बजारमा पठाउने भनिएको थियो । प्रत्येक कुखुरा र्फममा पुगेर कुखुराको घाटीको र्‍याल परिक्षण गर्ने प्रक्रियालाई र्‍यापिट टेष्ट भनिन्छ । यस्तो परिक्षण निरोगी कुखुरा परिक्षण गर्ने र बजारमा रोगी पठाउने गरेको व्यवसायीहरु बताउछन । रोग नियन्त्रणमा आउने भविष्यवाणी र व्यवसायीको दबाबमा प्रतिबन्ध खुला गरेको थियो । तर, उपत्यका मात्रै सिमिति रहेकोमा खुला गरेपछि काभ्रेमा समेत फैलिएको छ । सोमबार तीन वटा र्फमबाट ३० हजार भन्दा बढी कुखुरा नष्ट गर्‍यो । सरकारको लापरबाहीले उपत्यका बाहिरका व्यवसायीलाई पनि थप धरासायी बनाएको छ । ओसार पसारमा खुला गरेको बुधबार एक साता पुग्न लाग्न थप कस्तो निर्णय गर्ने भन्ने सरकारले तयारी समेत गरेको छैन । 'रोग कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सरकार लागि परेको छ । ओसार पसार खुला गरेको समय भोली-बुधबार) सकिदैछ । अब के गर्ने भन्ने केही निर्णय हुन सकेको छैन,'पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा नारायण घिमिरेले भने,'रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकोले अबलिम्ब जस्तो सुकै सुकै निर्णय लिन सक्छ । व्यवसायीको सहयोग आवश्यक छ ।' रोग नियन्त्रणका लागि सरकारका लागि दुई वटा बिकल्प छ । पहिलो संक्रमित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र दोस्रो कुखुरा ओसार पसारमा रोक लगाउने । '१५ दिन ओसार पसार बन्द गर्ने हो भने नियन्त्रण हुन सक्छ,'कृषि मन्त्रालयका एक उच्च अधिकारीले भने,'व्यवसायीको दबाब र क्षतिपूर्ति दिनु पर्छ भने ढिलाई गर्ने हो भने थप फैलिएर मानिसमा समेत सर्न सक्छ ।' एकपछि अर्को गर्दै बर्डफलु फैलिएपछि व्यवसायी आतंकित भएकोले यसलाई नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न तयार रहेको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरी खत्रीले बताए । 'घटनुको सट्टा बढदै गएको छ । नियन्त्रण गर्न सरकारले कुनै निर्णय गर्छ भने सहयोग गर्न तयार छौ,'उनले भने,'किसानको रहरले ल्याएको रोग होइन । राष्ट्रमा परेको समस्या हो । व्यवासयीलाई राहत दिएर जस्तो सुकै निर्णय गर्दा पनि हामी मान्न तयार छौ ।' रोगले कुखुरा मरेपछि घरखेत बेच्दा पनि बैकको ऋणबाट उन्मुक्ति हुन नसक्ने गरी व्यवसायी डुबेको उनले बताए । सरकारले कुखुरा मार्दा दिने राहत लागतको ८० प्रतिशतसम्म दिन व्यवसायीको माग छ । - See more at: http://ekantipur.com/np/2070/4/30/full-story/373921.html#sthash.LjjydFYu.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger