Widgets

Home » , » मधेसी दलमा पदैपद !

मधेसी दलमा पदैपद !

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

madheshi dal

काठमाडौ, भाद्र ३ - मधेसी दलहरूले अन्य पार्टीका नेताहरूलाई आफ्नो पार्टीमा आकषिर्त गर्न विधानमै नभएको पद सिर्जना गरी पदाधिकारी बनाउने अभियान चलाएका छन् ।
कतिपयले विधानमा भएभन्दा बढी पदाधिकारी बनाएका छन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको विधानमा पाँच उपाध्यक्ष बनाउन सकिने व्यवस्था भए पनि उनले अहिलेसम्म सात जना उपाध्यक्ष बनाएका छन् ।
उपाध्यक्षको जिम्मेवारी पाएका चार जना त अरू नै पार्टीबाट सद्भावनामा आएका नयाँ अनुहार हुन् । पार्टी भित्रिन चाहनेलाई महतोले पहिल्यै पदाधिकारीको आकषिर्त पद देखाएर खुसी बनाउने गरेका छन् । फोरम नेपालबाट चुनाव जितेर अन्तिममा जेपी गुप्ताको 'तराई मधेस राष्ट्रिय अभियान' मा पुगेका ओमप्रकाश यादव, फोरमबाटै चुनाव जितेर पछिल्लो समय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा पुगेका सञ्जयकुमार साह, फोरमबाटै चुनाव लडेर पछिल्लो समय राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकको उपाध्यक्ष बनेका शेखअब्दुल जब्बारलाई महतोले पार्टीमा भित्र्याएर उपाध्यक्ष बनाएका छन् । पदाधिकारी थप्ने अभियानै चलाए पनि पुराना पदाधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
दुई साताअघि पार्टी प्रवेश गरेका मोरङका राजावादी यदुवंश साहलाई समेत महतोले यसैसाता उपाध्यक्ष बनाएका छन् । सद्भावना हुँदै शाहीकालीन उपप्रधानमन्त्री बनेका बद्रीप्रसाद मण्डललाई सद्भावनाले विधानमै नभएको वरिष्ठ नेताको पद दिएको छ । पदाधिकारी बनाउने बाचाअनुसार मण्डलसँगै दुई साताअघि सद्भावना प्रवेश गरेका मोरङका रामानन्द मण्डललाई नयाँ पद सिर्जना गरी सचिव बनाइएको छ । महासचिव दुई जना मात्रै छन् ।
महतोको पार्टीमा पाँच सह-महासचिवको व्यवस्था छ । तीन नियुक्त भइसकेका छन् भने दुई रिक्त छन् । पहाडीमूलका अर्जुन उप्रेती (चितवन) लाई सह-महासचिव बनाइएको छ ।
महतोले पार्टी प्रवेश गरेका जतिलाई खुसी तुल्याउन/आफूसँगै राख्न केही न केही पद दिने गरेका छन् । महतो भने पार्टीमा सन्तुलन मिलाउन हैसियतअनुसार जिम्मेवारी दिएको तर्क गर्छन् ।
संविधानसभा विघटनपछि जन्मिएको शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले पनि पदाधिकारी पदलाई लचक बनाउँदै अघि बढेको छ । उनको पार्टीमा तीन उपाध्यक्ष र दुई महासचिव छन् । भण्डारीले मुसलमान समुदायबाट थप एकजनालाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । भण्डारीले 'महत्त्वपूर्ण पद दिने' सर्तमा गत महिना पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरालाई पार्टी प्रवेश गराएका थिए । उनलाई पनि पदाधिकारी बनाउने सम्भावना छ । उनको पार्टीमा महासचिव/सचिव दुई/दुई जना छन् । रामानन्द मण्डल महतोको सद्भावना प्रवेश गरेपछि सचिवको एक पद खाली छ । अहिले सचिवमा कौशल यादव मात्रै छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पनि महतोले जस्तै अरू पार्टी छाडेर आफ्नोमा आएकालाई आकर्षक पदाधिकारी बनाउने गरेको छ । केही महिनाअघि तमलोपा नेपाल छाडेका गोविन्द चौधरीलाई उसले उपाध्यक्ष बनाएको थियो । तमलोपा नेपालमा उनी महामन्त्री थिए । चौधरी थपिएपछि फोरम लोकतान्त्रिकमा तीन उपाध्यक्ष भएका छन् । त्यसअघि रामेश्वर राय र नसिर सिद्दिकी मात्रै उपाध्यक्ष थिए । तमलोपा नेपालबाटै आएका अरविन्द साहलाई पनि लोकतान्त्रिकले सचिव बनाएको छ । रवीन्द्र ठाकुर र चन्द्रेश्वर खत्बे पनि सचिव नै छन् ।
महेन्द्रराय यादव नेतृत्वको तमलोपा नेपालले पनि अरू पार्टी छाडेर आएकालाई सीधै पदाधिकारी बनाएको छ । राप्रपामा केन्द्रीय सदस्यमै सीमित रहेका पूर्वसभासद अलाउद्दिन अन्सारीलाई यादवले पार्टी प्रवेश गरेपछि दुई महिनाअघि उपाध्यक्ष बनाएका छन् । गत साता अनिल झा नेतृत्वको संघीय सद्भावनाबाट प्रवेश गरेका खोभारी राय यादवलाई पनि उनले छिट्टै उपाध्यक्ष बनाउँदै छन् । पार्टी विधानमा भने दुई उपाध्यक्षको मात्रै व्यवस्था छ ।
उपाध्यक्ष बनाउने सर्तमै उनी तमलोपा नेपाल प्रवेश गरेका थिए । गोविन्द चौधरीले महामन्त्री र अरविन्द साहले सह-महामन्त्री छाडेपछिको रिक्त पदमा भने तमलोपा नेपालले कसैलाई नियुक्त गरिसकेको छैन । अरू पार्टीबाट नेताहरू प्रवेश गरे पनि उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले अरूले जस्तो नयाँ पद सिर्जना गरेर पदाधिकारी बनाएको छैन । भरत विमल यादवलाई वरिष्ठ नेता र मोहम्मद लालबाबुलाई उपाध्यक्षबाहेक अरू पदाधिकारी उसले थपेको छैन । उसले जेपी गुप्ताले छाडेपछिको रिक्त उपाध्यक्षमा लालबाबुलाई ल्याएको हो । केन्द्रीय समिति भने उसले ४१ बाट ५१ सदस्यीय बनाएको छ । पूर्वसभासदहरू महेशप्रसाद यादव, बबन सिंह, करिमा बेगमलगायत पार्टी प्रवेश गरे पनि उनीहरूलाई केन्द्रीय सदस्यमै चित्त बुझाइएको छ ।   
महन्थ ठाकुर नेतृत्वको तमलोपाको विधानमा तीन उपाध्यक्षको व्यवस्था भए पनि अहिले दुई मात्रै छन् । उपाध्यक्ष रहेका रामचन्द्र कुसवाहा महेन्द्रराय यादवसँगै तमलोपा नेपालमा गएपछि रिक्त रहेको पदमा कसैलाई नियुक्त गरिएको छैन । महामन्त्री र सह-महामन्त्रीमा पनि तीन/तीन जनाको व्यवस्था छ । दुवै पदमा अहिले दुई/दुई जना मात्रै छन् । स्रोतका अनुसार रिक्त महामन्त्री र सह-महामन्त्रीमा गत साता फोरम गणतान्त्रिकबाट प्रवेश गरेका अकबाल अहमद शाह, बिपी यादव र सीताराम अग्रवालमध्येबाट नियुक्त गर्ने तयारी भइरहेको छ ।
स्रोतका अनुसार शाहले महामन्त्री
(सह-महामन्त्री भए पनि) को सर्त राखेरै पार्टी प्रवेश गरेका थिए । यद्यपि महामन्त्री रहेका शाहकै गृहजिल्ला कपिलवस्तुका पार्टी महामन्त्री वृजेशकुमार गुप्ता उनको विरुद्ध छन् । कपिलवस्तुकै तमलोपाका पुराना केन्द्रीय सदस्य परवेज खाँ, कपिलवस्तुका पूर्वसभासद ईश्वरदयाल मिश्रलगायत पनि शाह पार्टी प्रवेश गरेकामा सन्तुष्ट छैनन् ।
 राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकमा पनि तीन उपाध्यक्ष व्यवस्था छ । सबैले पार्टी छाडेपछि उनी भने एक्लिएका छन् । भएका दुई उपाध्यक्षहरू शेखअब्दुल जब्बार र सीताराम यादव अन्यत्रै गएपछि तीनवटै पद खाली छ । एक उपाध्यक्ष पहिलेदेखि नै रिक्त थियो । तीन महासचिवमध्ये एक जना अकबाल अहमद शाह तमलोपामा गएपछि शशिकपुर मियाँ मात्रै महासचिव छन् ।
रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावनाको विधानमा तीन उपाध्यक्षको व्यवस्था भए पनि अहिले एक मात्रै छन् । 'राम्रो मान्छे' पाए उपाध्यक्ष नियुक्त गर्ने अध्यक्ष रायको योजना छ । महासचिव र सह-महासचिव पद पनि दुई/दुई जनाको छ । ती पदमा पनि एक/एक जना खाली छन् । 'उपयुक्त व्यक्ति पाए नियुक्ति गर्छु,' रायले भने ।
पार्टी              उपाध्यक्ष     महासचिव/महामन्त्री       सह-महामन्त्री/
                                                                       सह-महासचिव/सचिव
सद्‍भावना    ७ जना                       २ जना               ५ जना
तमलोपा       ३ जना                       ३ जना               ३ जना
तमलोपा नेपाल   २ जना                  २ जना             २ जना
रामसपा             ३ जना                   २ जना              २ जना
फोरम लोकतान्त्रिक    ३ जना           १ जना              ३ जना
फोरम गणतान्त्रिक    ३ जना             ३ जना             ३ जना
फोरम नेपाल              १ जना             १ जना             १ जना
राष्ट्रिय सद्‍भावना        ३ जना             २ जना           २ जना

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger