Widgets

Home » , » कांग्रेस नेता पहाडीको निधन

कांग्रेस नेता पहाडीको निधन

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gopalraj Pahadi

काठमाडौं, भाद्र ३ - कांग्रेस नेता गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ । मधुमेह र हृदयघातको समस्याबाट पीडित कांग्रेस केन्द्रीय सदस्य पहाडीको काठमाडौं शिक्षण अस्पताल सिनामङ्गलमा सोमबार बिहान ७ बजे निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यही असारको दोस्रो हप्तादेखि अस्पताल भर्ना गरिएको थियो । विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी-१ मा जन्मिएका अविवाहित नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए । १७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रही पूर्वाञ्चल विकास क्षेत्रकै अग्रज केन्द्रीय नेताका रुपमा स्थापित पहाडी २०३६ देखि २०५२ सालसम्म सङ्खुवासभाको कांग्रेस पार्टी सभापति थिए भने २०४८, २०५६ र २०६४ सालको संसदीय र संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए । पहाडीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । पहाडीको निधनमा शोक ब्यक्त गर्न सोमबार बिहान साढे ९ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठकले तीन दिन पाटीको झण्डा आधा झुकाउने तथा पार्टी कार्यालय बन्द गर्ने निर्णय गर्ने तयारी गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger