Widgets

Home » » पिसाब जाँच्ने मोबाइल एप्प

पिसाब जाँच्ने मोबाइल एप्प

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mobile

स्मार्ट फोनमा राखिएको युचेक नामक एप्पले स्मार्ट फोनकै क्यामेराको सहायताबाट विभिन्न रोगहरू पत्ता लगाउन सकिने भएको छ। उक्त मोबाइल एप्पको प्रदर्शन हालै अमेरिकाको लस एन्जेलस शैक्षिक प्राविधिक मेलामा गरिएको थियो। युचेक नामक एप्पले मानिसमा लाग्ने विभिन्न २५ किसिमका रोग पत्ता लगाउन सक्छ। विकासशील देशहरूका लागि यो एप्प अति नै उपयोगी साबित हुनेछ। यो एप्पले पिसाबमा भएको ग्लुकोज, प्रोटिन, नाइटि्रट आदि दस किसिमका तत्व पत्ता लगाउन सक्छ। यसबाट मधुमेह, मूत्रनलीको संक्रमण, क्यान्सर, लिभर संक्रमणलगायतका प्राणघातक रोगहरू क्षणभरमै र अस्पतालको खर्चभन्दा सस्तो दरमै परीक्षण गराउन सकिन्छ। एक प्रकारको टेस्ट स्टि्र्प बिरामीको पिसाबमा डुबाएपछि विभिन्न तत्वको तस्बिर बाहिर देखिन थाल्छ र मोबाइलको क्यामेराले पढेर तस्बिरमा देखिने तत्वहरूको विश्लेषण गरी रोग भए-नभएको देखाउँछ। यो एप्प २० डलर शुल्क तिरेर एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger