Widgets

Home » , » जहाजमा ८० पटक चरा ठोक्कियो

जहाजमा ८० पटक चरा ठोक्कियो

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

jahaj

काठमाडौ, भाद्र ३ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् १९९० यता जहाजमा चरा ठोक्किएको घटना ८० पुगेको छ । विमानस्थलको चराचुरुंगी तथा वन्यजीव जोखिम प्रबन्धन समितिले हालै गरेको एक कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । पछिल्लो पटक गत शुक्रबार (अगस्ट १६) मा पनि यती एयरलाइन्सको उडान भर्न लागेको जहाजमा चरा ठोक्किएको थियो । विश्वभरमै चरा ठोक्किनु जहाज दुर्घटनाको प्रमुख कारण मानिन्छ । नेपालमा भएका यस्ता घटनाले ३ दुर्घटना निम्त्याएको छ । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए ३०० जहाज चरा ठोक्किएकै कारण दुर्घटना भएको थियो । त्यस्तै सन् २०१० को सेप्टेम्बर २ मा विमान बंगलादेशको डीसी-१० र सन् २०१२ को सेप्टेम्बरमा सीता एयरको जहाज चराका कारण दुर्घटना भएको छ । धेरैजसो चरा ठोक्किने घटना अवतरण तथा उडान गर्ने समयमा हुने गर्छन् । विमानस्थल अधिकारीका अनुसार यस्ता घटनामध्ये ५२ प्रतिशत त्रिभुवन विमानस्थलमै भएका छन् । नेपाली आकाशमा हवाई आवागमनको चाप बढ्दै गर्दा चरा ठोक्किने घटनाले पनि ठूलो रूप लिँदै गएको विज्ञहरू बताउँछन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार सेप्टेम्बरदेखि अक्टोबरको समयमा यो घटना बढी हुन्छ । चराहरूको बासस्थान सर्ने समय भएकाले बढी समस्या देखिने गरेको प्राधिकरण अधिकारीको भनाइ छ । चरा विमान वा विमानको इन्जिनमा ठोक्किँदा चालकले विमानको सन्तुलन बनाइराख्न नसक्दा दुर्घटनाको जोखिम रहन्छ । 'विमानस्थलमा चराहरूको आवागमन नहोस् भनेर काम गर्‍यौं भन्छन् । त्यस्तो छैन,' आन्तरिक उडानमा अग्रणी एक विमान कम्पनीका एक अधिकारीले भने, 'व्यवस्थापनले विमानस्थलमा देखिने कुनै पनि समस्यालाई गम्भीर रूपमा हेरेकै छैन ।' विज्ञका अनुसार २ हजार फिट तलको क्षेत्रमा ९० प्रतिशत चरा ठोक्किने गरेका छन् । त्रिभुवन विमानस्थल नजिक रहेको फोहोर वाग्मती र मनहरा खोला, खेती, रूखबिरुवा छन् । मानव बस्ती, जसले बढी परिमाणमा खाद्य/ अखाद्य फोहोर वरपर फाल्ने गर्छन् । यी सबै कारणले विमानस्थलको आकाशमा चराचुरुंगी हुनु स्वाभाविक ठान्छन् प्राधिकरणका अधिकारीहरू । विज्ञका अनुसार जहाज प्रतिघन्टा १ सय ५० किलोमिटरमा उड्दा ३ केजीको चरा ठोक्कियो भने त्यसको असर १ वर्गफिटमा १ हजार ८ सय किलो ह्याम्मरले हिर्काएको बराबर हुन्छ । प्राधिकरणको एक प्रतिवेदनका अनुसार विमानस्थल वरपर ३९ जातिका चरा छन् । जसमध्ये ५ ठूला, १० मध्यम र २४ साना छन् । मुख्य गरी कालो चिलले बढी जोखिम निम्त्याउँछ । विमान कम्पनी सञ्चालन समिति नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार विमानस्थल वरपर सरसफाइको कमी, त्यसमा बढ्दो सेकुवा सेन्टर समस्याको मुख्य जड हो । भारतमा चराका कारण हुने विमान दुर्घटना न्यून गर्न गत जुनमा मात्र ४५ चराको स्थान र अवस्था पत्ता लगाएर पाइलटलाई जानकारी दिन मिल्ने राडार सिस्टम (बीडीआरएस) जडान गरिएको छ । सन् २०१२ मा यसका लागि ग्लोबल टेन्डर आह्वान गरिएको थियो । 'अचानक चरा जहाज अगाडि आउँदा पाइलटले त्यसबाट बच्न तत्काल पहल गर्न गाह्रो हुन्छ,' भारतीय वर्ड स्ट्राइक पि्रभेन्सनका परामर्शदाता एसएम साथीसनले भनेका छन्, 'राडारले झन्डै १० किलोमिटरको दूरीसम्मको स्थितिबारे पाइलटलाई जानकारी दिन्छ । जसले गर्दा उडान/ अवतरणका बेला हुने चराको जोखिमबाट बच्न सकिन्छ ।' विमानस्थलमा नयाँ नेभिगेसन राडार जडान गर्न झन्डै चार वर्षदेखि प्रयास मात्र भइरहेको छ । 'बीडीआरएसका लागि अहिले प्रक्रिया सुरु भए पनि ५/६ वर्ष लाग्छ,' प्राधिकरणका एक अधिकारीले भने, 'समस्या भइन्जेल मात्र कुरा हुन्छ । त्यसपछि सबै बिर्सने बानी हाबी छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger