Widgets

Home » » प्रचण्ड पुत्रको नयाँ कमाउ धन्दा

प्रचण्ड पुत्रको नयाँ कमाउ धन्दा

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाण्डौं । ‘कुस्त आर्थिक लाभ लिन सकिने’ नेपाल ओलम्पिक कमिटी छिर्ने बाटो खोज्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डपुत्र प्रकाश दाहालले मिलेमतोमा नयाँ खेल संघ गठन गरेका छन् ।
Prakash dahalनेकपा एमाले नेता केपी शर्मा ओलीका ‘विश्वासपात्र’ तिम्सिनाको अध्यक्षतामा गगित नेपाल मोडर्न पेन्ट्राथोलन संघमा साकार दाहाल उपाध्यक्ष छन् । माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशकै वास्तविक नाम साकार हो ।
नेपाल ओलम्पिक कनिटी छिर्ने ढोकाका रुपमा यसरी संघ गठन गर्ने चलन छ । ओलम्पिक कमिटी छिरेपछि विदेश शयरदेखि अेरिकी डलरमा कुस्त भत्ता खाने सुविधा पाइन्छ । संघमार्फत देशव्यापी प्रभाव जमाउन सकिने हुँदा राजनीतिक लाभ पनि मिल्छ ।
परिषदको १ सय ३५ औ संघका रुपमा असार १९ गते ‘नेपाल मोडर्न पेन्ट्राथोलन संघ’ गठन भए पनि सार्वजनिक नगरिएको नागरिक दैनिकमा खबर छ ।
माओवादी सिफारिसमा परिषद सदस्य-सचिव नियुक्त युवराज लामाले उपाध्यक्ष तिम्सिनाको अध्यक्षतामा मोर्डन पेन्ट्राथोलन संघ दर्ता भएको स्वीकारे पनि दाहालको संलग्नताबारे अनभिज्ञता देखाए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger