भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ओमप्रकाश भट्टराई
२२ साउन, झापा । राष्ट्रिय जनमुक्ति पाटी लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला वन्दको आहृवान गरेको छ ।
पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुर लगायतका जिल्लामा वन्दको प्रभाव विहानैवाट परेको छ । १८३१ श्रावण २२ लाई प्रत्येक वर्ष कालो दिनको रुपमा मनाउँदै आएको परिषदले सोही अनुरुप आज वन्दको आहृवान गरेको हो ।
वन्दका कारण पुर्वका सवै जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन संचालनमा आउन सकेका छैनन् भने वजार, कलकारखाना, शैक्षिक संस्था, उद्योगधन्दा समेत ठप्प छन् एम्वुलेन्स, शव वहान, प्रेस, कूटनितिज्ञ नियोग, दूध वोक्ने गाडी, जन्तीको गाडीलाई भने अवरोध नपुरयाउने परिषदले विज्ञिप्ती मार्फत जानकारी गराएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.