Widgets

Home » , » पटक पटकको बलात्कारले १४ वर्षे किशोरी गर्भवती

पटक पटकको बलात्कारले १४ वर्षे किशोरी गर्भवती

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रौतहट— चन्द्रनिगाहपुर-३ का सन्तोष धामीले स्थानीय १४ बर्षिया बालिकालाई छ महिनादेखि यौन शोषण गर्दै आएकोविरुद्ध पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको छ। गर्भ बारे अभिवाकले जानकारी पाएपछि यौन शोषण घटना प्रकाशमा आएको हो। धामीले बालिकलाई प्रलोभन देखाएर पटक पटक यौन शोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत भदौ २ गते जंगलमा लगेर बालिकालाइ धामीले जबरजस्ती यौन सम्पर्क गरिरहेको अवस्थामा स्थानीयले रंगेहात भेट्टाएका थिए। पीडितका अभिभावकले घटनाबारे प्रहरी कार्यालयमा लिखित उजुरी गर्न जाँदा गाउँमै मिलाउन बलत्कारी धामी पक्षका युवाले परिवारजनलाई दवाब दिएका थिए। यसअघि घटना नचर्काउन भन्दै बालिकाको गर्भपतन गराउन अभिभावकलाई क्षतिपूर्तिस्वरुप ३० हजार रुपैयाँ दिएको महिला सुरक्ष दवाब समुहकी अध्यक्ष देवकी नेपालले बताइन्। प्रहरीले जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा दर्ता गरी धामिलाइ हिरासतमा लिएर अनुसन्धान अघि बढाइरहेको इलाका प्रहरि कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नयव उपरिक्षक प्रकाशराना भाटले बताए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger