Widgets

Home » , » मलेसियाको लिङकिङ जेलमा ६० नेपाली

मलेसियाको लिङकिङ जेलमा ६० नेपाली

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मलेसियाको लिङकिङ जेलमा ६० नेपाली

काठमाडौं - मलेसियाको सेरेम्यान लिङकिङ जेलमा ६० भन्दा बढी नेपाली कामदार एक वर्षभन्दा बढी समयदेखि थुनिएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ पुगेका कामदार गैरकानुनी भएपछि थुनिएका हुन्। ६० नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसियास्थित नेपाली राजदूतावासका प्रतिनिधि एकपटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेका छन्। 'जेलभित्र ६० नेपाली थुनिएका छन् तर दूतावासका कोही पनि भेटनसम्म पनि नगएको,' बिहीबार नेपाली व्यवसायीको पहलमा जेलमुक्त भएका हेटौंडाका सानुकान्छा रुम्बाले नागरिकलाई टेलिफोनमा बताए। 'जेलभित्र नेपालीको बिचल्ली छ। जेलमा अरु देशका नागरिक पनि छन्। तर सम्बन्धित देशका दूतावास कर्मचारी पटकपटक भेट्न गएर छुटाइरहेका छन्, नेपाली दूतावासले कुनै पहल गरेको छैन,' उनले भने। रुम्बासँगै एनआरएनए मलेसियाका विजिनेस प्रमोसन दलका संयोजक तथा नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईको पहलमा पाल्पाका लोकबहादुर रायमाझी पनि छुटेका छन्। आफ्ना नेपाली नागरिक एक वर्Èदेखि जेलमा पर्दासमेत मलेसियामा रहेको नेपाली दूतावासले कुनै पनि चासो नदेखाएको कामदार र त्यहाँ रहेका नेपालीको आरोप छ। 'हामी झण्डै ३ महिना जेलमा परेर निस्कन सफल भयौं। तर जेलमा १३ महिनादेखि बस्नेहरु धरै छन्, हामीलाई भेट्न नेपाली दूतावासका कोही कर्मचारी पनि आएनन्,' फोनमा पाल्पाका रायमाझीले बताए, हामीलाई नेपाली दूतावास मलेसियामा छ भन्ने नै लागेन।' व्यवसायी भट्टराईका अनुसार जेलमा कोही नेपाली मानसिक सन्तुलन बिग्रेको अवस्थामा छन् त कोही बिचल्लीमा परेका छन्। उनले भने, 'यस विÈयमा नेपाली दूतावासलाई जानकारी गराउँदासमेत वास्ता गरेन तर एनआरएनए तथा नेपाली व्यवसायीले उनीहरुको उद्धारमा सहयोग गर्नेछ।' नेपाली दूतावासले सबै नेपालीको ट्राभल डकुमेन्ट बनाएर जेलबाट बाहिर निकालिदिने हो भने हवाई टिकट जुटाउने भट्टराईले प्रतिबद्धता जनाए। जेलमा १३ महिनादेखि जेलमा पर्नेमा धरानका किरण रानामगर, गोरखाका सुरेश गुरुङ, गोरखाकै सुरेशकुमार थोप्रा, झापाका धर्मेन्द्रलगायत रहेको जेलबाट बाहिर निस्केका रायमाझीले जानकारी दिए। नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले दूतावासमा कर्मचारीको अभाव भएका कारण बुझ्न नसकेको बताए। उनले सो जेलमा गएर बुझ्ने र आवश्यक पहल गरेर नेपालीहरुको उद्धारमा जुट्ने बताए। नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नेपाली पठाउने मात्र नभएर उनीहरुको सुरÔाका लागि पनि सरकारले चासो दिनुपर्ने कामदार तथा व्यवसायी बताउँछन्। वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा करिब ७ लाख नेपाली कामदार छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger