Widgets

Home » , » पशुपतिको भेटी दुई वर्षमा १० करोड

पशुपतिको भेटी दुई वर्षमा १० करोड

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण २५ - सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेको दुई वर्षमा १० करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ । पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले 'मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८' लागू गरेपछि दस वर्ष बराबरको भेटी दुई वर्षमै संकलन भएको हो । दुई वर्षअघि सरकारले नियमावली लागू गरेको थियो । पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उपे्रतीका अनुसार आर्थिक वर्ष ०६८/६९ मा २ करोड ८० लाख ३९ हजार, आव ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार गरी यस वर्षको असार मसान्तसम्ममा १० करोड ६९ लाख १८ हजार रुपैयाँभन्दा बढी भेटीघाटी संकलन भएको छ । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको विशेष पूजाबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ भेटी संकलन भएको छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आपmनो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । हनुमान, बूढानीलकण्ठ पूजाबाट २ करोड २८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । त्यसैगरी, हुन्डीबाट २८ लाख ३३ हजार, वासुकीनाथबाट १९ लाख ३३ हजार रुपैयाँभन्दा बढी र पशुपतिनाथ मन्दिरको पूजाबाट ५ करोड ४६ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ । 'यसअघि खासै हिसाबकिताब नै थिएन, मूलभट्टले स्वविवेकले जति दिए पनि हुन्थ्यो, अब पारदर्शी भयो,' उनले भने । विशेष पूजाको दस प्रतिशत रकम भट्ट-पुजारीका लागि छुट्याउने तयारी पशुपति व्यवस्थापन समितिले गरेको छ । विशेष पूजा गरेबापत भट्टलाई केही रकम छुट्याउने परम्परा अनुसार नै दस प्रतिशत छुट्याउन लागिएको हो । यद्यपि त्यसको व्यवस्था बोर्डले निर्णय गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । यसरी उठेको रकमबाट विशेष पूजा, भट्टको पारिश्रमिक तथा सुविधा, भण्डारी पारिश्रमिक तथा सुविधामा खर्च गर्नुपर्ने नियमावलीमा प्रावधान छ । त्यसैगरी नित्य पूजा, पर्व पूजा, कर्मचारी खर्च र अन्य पूजामा खर्च गरी करिब ६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ भने, ४ करोड रुपैयाँ बचत भएको छ । परम्परागत रूपमा पशुपति मन्दिर हेरचाहका लागि खटिएका निश्चित कर्मचारीलाई भेटीघाटीबाट उठेको रकमबाट तलब भत्ता दिइने व्यवस्था छ । विकास कोषका १ सय ९६ कर्मचारीलाई भने पशुपतिको आन्तरिक खर्चबाट तलब भत्ता व्यहोर्ने गरिन्छ । पर्यटक शुल्क, पार्किङलगायतका विभिन्न शुल्क गरी कोषले वाषिर्क २८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्छ । निर्देशक उप्रेतीले भनेजति दर्शनार्थीलाई अझै सेवा सुविधा दिन नसकेको भन्दै आगामी दिनमा त्यसलाई व्यवस्थित गर्दै लैजाने बताए । 'कमी-कमजोरी छन्, सुधार गर्दै जान्छौं, नयाँ प्रयोग हो, सिक्दै छौं,' उनले भने । पशुपतिनाथ मन्दिर प्रवेश सजिलै गराउन सके भेटी बढी संकलन गर्न सकिने उनले बताए । 'अझै पनि कतिले हुन्डीमा पैसा खसाल्दैनन्, बानी नै परेको छैन,' उनले भने । पशुपति मन्दिरमा प्रत्येक दिन तीस वटाभन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउँछन् । विगतका वर्षमा वर्षदिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो । पुरानो परम्पराअनुसार पुजारी र भण्डारीले भेटीघाटी लाने गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger