Widgets

Home » , » मापसेमा समातिने महिलाको संख्या बढ्दो

मापसेमा समातिने महिलाको संख्या बढ्दो

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ साउन, काठमाण्डौ । विद्यार्थी नेता नवीना लामालाई पिउन जातैले दिन्छ । तैपनि उनले कहिल्यै पनि लट्ठ हुने गरी मदिरा पिइनन् । विभिन्न कार्यक्रम, बैवाहिक समारोह, मिटङ आदिमा भने साथीभार्यलाई साथ दिन थोरै भएपनि पिउनै पर्छ उनले । नवीनजस्ता धेरै मानिसहरु छन्, जो आफ्नो जातीय संस्कार, परम्पराका कारण थोरै मात्रामा मदिरा पिउने गर्दछन् । अरुको मन राख्न हल्का पिउनु उनीहरुको अपराध त हैन ।mapase
तर, उनीहरु घर र्फकदा एउटा टेन्सनमा फस्ने गर्छन । त्यो हो, मापसे कारबाही । ‘मैले पिउको बेलमा अहिलेसम्म मापसे जाँच परेको छैन’ विभिन्न समारोहमा समूहमा गाडीमै हिँड्ने नवीना भन्छिन्,’हामीजस्तो जिम्मेवार मानिसले सचेत भएर नै पिउनु पर्छ जस्तो लाग्छ ।’ बरु, नखाएको बेलामा पनि बाटोमा रोकेर प्रहरीले मापसे जाँच गर्दा भने समय बर्बाद हुनुको साथै मनोवैज्ञानिक रुपमा असर पर्ने उनको गुनासो छ । ‘तैपनि नीति नियम त पालना गर्ने पर्छ, नवीना भन्छिन्,’मापसे जाँच असल उद्देश्यका लागि सुरु भएकाले मैले सकारात्मक रुपमा लिएकी छु ।’
डल्लु निवासी २२ बर्षीया सृष्टि महर्जन अहिलेसम्म चार पटक मापसेमा परिसकेकी छिन् । एक पटक रेडबुलमात्रै खाँदा पनि उनको सवारी चालक अनुमतिपत्र खोसियो । अर्को पटकमा भने कहिले पूजामा त कहिले मोजमा सगुनको रुपमा रक्सी खाँखा उनी मापसेमा परेकी हुन् । ‘हामीलाई हाम्रो संस्कृतिले नै खा भनेको छ । अनि हामीले खान नपाउने ? ‘ प्रतिप्रश्न गर्दै उनी भन्छिन्,’मापसे जाँच सकारात्मक भएपनि थोरै मात्रामा खाँदा पनि लाइसेन्स लिनु उचित हैन । मादक पदार्थको निश्चित मात्रा तोकिनु पर्छ ।’
नेवार, जनजाति लगायतले रक्सीलाई सगुनको रुपमा लिन्छन् । जतिसुकै अन्य खाना खाएपनि सगुन नखाई त्यो पूरा मानिन्न ।ल्यसैले संस्कृति धान्न भएपनि केहीमात्रामा पिउनु पर्ने बाध्यता छ । २०६८ साल मंसिर १७ गतेवाट सुरु भएको मापसे जाँचका कारण पुरुषमात्रै होइन महिलापनि पिरोलिने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अचेल स्कुटी चलाउने महिलाको संख्या बढ्दै गएकाले मापसेमा पर्ने महिलाको संख्या पनि बढ्दै गएको महाशाखाका प्रवक्ता पवन गिरी बताउँछन् । महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० मा मापसेमा पर्ने ५८ हजार पाँच सय ४७ मध्ये महिलाको संख्या चार सय ७४ छ । यही असार महिनामा मात्रै २४ जना महिला मापसेमा परेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger