भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ असार, काठमाण्डौं । कारगारको सुरक्षार्थ खटिएका प्रहरीहरूको गतिविधिविरुद्ध उजुरी पर्न थालेपछि प्रहरी प्रधान कार्यालयले देशभरका कारगार (जेल) को सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि नै निगरानी सुरु गरेको छ । कारागारमा रहेका सुरक्षाकर्मीमाथि जिल्ला तथा अञ्चल प्रहरी कार्यालयले निगरानी गर्न थालेका हुन् । कारागरबाटै हुन सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर उनीहरूको अनुगमन तथा निगरानी बढाइएको हो ।
त्यसअघि सुरक्षार्थ खटिएका प्रहरीले नै कैदी/बन्दीहरूलाई उपचार गराउने बहानामा रेस्टुरेन्ट पुर्याउने लगायतका गैरकानुनी कार्यमा संलग्न हुँदै आएपछि प्रधान कार्यालयले मातहत निकायलाई अनुगमन गर्न निर्देशन दिएको थियो । कैदी/बन्दी सुरक्षाकर्मीको मिलेमतोमा आपराधिक काम गर्ने भएकाले नै सुरक्षाकर्मीको गतिविधिबारे निगरानी गर्नुपरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले जानकारी दिएको खबर राजधानीदैनिकले छापेको छ ।
‘कारागारमा अपराधीहरूसँग नै सुरक्षाकर्मी मिलेर गैरकानुनी काम गर्छन् भन्ने गुनासो मात्र आएको छैन, यसअघि केही तथ्यहरू नै प्रमाणित भएका छन् त्यसकारण पनि उनीहरूमाथि नै निगरानी गर्नुपरेको हो,’ प्रवक्ता सिलवालले भने । अहिले वीरगन्ज कारागरमा रहेका लालबाबु अन्सारी, नन्दकिशोर यादव, अशेश्वर पटेललगायतले जेलर धीरज मरासैनी, प्रहरी नायब निरीक्षक राजकुमार महतोको आडमा लागूऔषधको तस्करी गरेको उजुरी परेको छ । कैदी/बन्दीहरूले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रहरी प्रधान कार्यालय तथा मुख्य सचिवको कार्यालयमा समेत लिखित उजुरी गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उजुरी आएपछि सो कारागारमा खटिएका सुरक्षाकर्मीको गतिविधिबारे निगरानी बढाउनुका साथै त्यहाँस्थित लागूऔषध नियन्त्रण ब्युरोलाई पनि सतर्क बनाइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.