Widgets

Home » » सात करोड स्वाह पीच गरेको तीन महिनामै उप्किए

सात करोड स्वाह पीच गरेको तीन महिनामै उप्किए

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सात करोड स्वाह


भक्तपुर, असार २६ - दातृ निकायको आर्थिक सहयोगमा बिस्तार भएको भक्तपुरको च्यामासिंह नाला सडक पीच गरेको तीन महिना नपुग्दै उप्किन सुरु भएको छ । प्रतिलकिलोमिटर १ करोड २० लाख लागतमा निर्माण भएको सडक उप्किन थालेपछि स्थानीयले छानविनको माग गर्दै प्रशासनमा ज्ञापनपत्र दिएका छन् । उक्त सडक एसियाली विकास बैंक, ओएफआईडी, ओपेक लगायतका दातृ निकायसहित नेपाल सरकारको लगानीमा उक्त सडक बिस्तार भएको हो ।
२०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको सडक बिस्तारको निगरानी र अनुगमन गर्ने जिम्मेवारी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाले लिएको थियो । ताथली गाविसको सिमाना ब्रम्हयानी पुलदेखि गोठाले चौरसम्म मात्रै २० भन्दा बढी ठाउमा पीच उप्किएर खाल्डो भएको छ । चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठाले चौरमा बढी खाडल देखिएको छ । आयोजनाले ठेकेदारलाई गुणस्तरीय काममा लगाउन नसक्दा कमसल पीच भएको स्थानीयको आरोप छ ।
‘सुरुमा पीच चिरा परेर चर्किन्छ,’ताथलीका स्थानीयबासी एकबहादुर खत्रीले भने,‘त्यसपछि पीच उप्किए खाडल पर्न थालेको छ ।’ आयोजनाको समयअवधि सकिन लाग्दा हतारमा भएको कम गुणस्तरको कामले यस्तो समस्या आएको उनले बताए । ठेकेदारले चाडो काम सक्न ग्रोबेललाई रोलर समेत नलगाई पीच गरेको स्थानीयको आरोप छ । आयोजनाले भने त्यसबारे केही चासो दिएको छैन ।
गोठालेचौर, फैढोका क्षेत्रमा सबैभन्दा धेरै भत्किएको छ । पीच चर्केको ठाउँमा हातैले पीच उप्काउन सकिन्छ । दाताको सहयोगमा भ्रष्टचार गरेर कमसल पीच गरेको भन्दै स्थानीयबासी सरोकार निकाय धाउन थालेको छ । ‘ठेकेदार र आयोजना प्रमुखको मिलोमतो नभएको भए हामीले गुनासो गर्दा सुनुवाई भइहाल्थ्यो,’ एक स्थानीयले भने ।  नेपाल मजदुर किसान पाटीले सडकमा भएको अनियमिमता छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
‘गुणस्तरको बारेमा हामीले आयोजनालाई पटक पटक गुनासो गर्यौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तर, प्राविधिकहरुले सम्बन्धित ठेकेदारसंगको मिलेमतोमा जनताको गुनासो वेवास्ता गरे ।’  बिग्रिएको सडक पीच गर्नु पर्ने, नाली निर्माण गर्नु पर्ने, सडकबाट घरसम्म जाने स्लोप राख्नु पर्ने, सडकको दाया बाया पीलर राख्नु पर्ने, नाली नभएको ठाउमा बनाउनु पर्ने लगायतको माग राखेका छन् । गाबिस कार्यालयमा सडक मर्मतको लागि पहल गरिदिन भन्दै दैनिकजसो स्थानीयले दबाब दिने गरेको गाबिस सचिव बद्री नेपालले बताए ।
‘पीच उप्किएको सडक कहिले र कसले बनाउने भन्दै स्थानीयले दबाब दिने गरेको छ’ उनले भने, ‘बिग्रिएको ठाउँमा तत्काल पीच नहुने हो भने अझ ठूलो खाडल देखिन सक्छ ।’    स्थानीय उपभोक्ता समितिको बैठकले खाडल परेको ठाउँमा तत्काल पीच गरिदिन आग्रहको पत्र आयोजना, प्रशासन र जिविसमा समेत पठाएको छ ।  समितिको बैठकले सडक निर्माण अघि आयोजना र स्थानीयबासी बीच भएको सहमती अनुसार सडकको सिमाङकन गर्न पीलर राख्नु पर्ने, सडकबाट व्यक्तिको घरसम्म जान स्लाप राख्नु पर्ने लगायतको माग राखेको छ ।
केही दिन अघि स्थानीय विकास अधिकारीको संयोजकत्वमा पटके कर लिने बिषयमा जिविसमा भएको बैठकमा पनि स्थानीय दलका नेताले त्यसको बिरोध गरेका थिए । ‘पहिला बाटो मर्मत गरिदिनु पर्यो अनि मात्रै अरु निर्णय गरौला भन्दै बिरोध आएको थियो,’ बैठकमा सहभागि एक सदस्यले भने । आयोजनाको निगरानीमा बनेको उक्त सडक गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भएको कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । समाचारलाई आधार मानेर दातृ निकायका अधिकारीहरु स्थलगत अध्ययन गर्न पनि पुगे । तर, कुनै कमजोरी नभएको भन्दै फर्किए ।
‘घुमेको जस्तो गरे, डलरमा भत्ता पचाए,’एक नेताले भने,‘आयोजनाको अधिकारीदेखि मन्त्रीसम्म लेनदेनमा भएकोले गुणस्तरहिन देख्न सकेनन ।’ जिविसले जेठ अन्तिम साता गरेको सार्वजनिक सुनुवाईमा कान्तिपुरमै प्रकाशित समाचारको खण्डन गर्दै आयोजना प्रमुख गणेशलाल कोजुले आफूले गरेको कम सही भएको भन्दै आफनो कर्तुत लुकाउन खोजे । तर, पीच उप्केको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वसाधरलाई कुनै जवाफ दिन सकेको छैन । ‘के कारणले पीच भएको पत्ता लगाउन लागि परेको छु,उनले भने,‘ उप्किएको पीच सुख्खायाम सुरु भएपछि पीच हुन्छ ।’
आयोजनाले  जिम्मेवारी लिएर निर्माण भएको कमलविनायक सुडाल नगरकोट सडक खण्डमा पनि पीच उप्किएको थियो । त्यस्तै शान्ति मन्त्रालयले विनियोनजन गरेको बजेटमा निर्माणमा पनि आयोजनाले मनपरी गरेको अनुगमनको क्रममा पाइएको छ । मन्त्रालयले एउटा सडकका लागि विनियोजन गरेको रकम चार टुक्रा सडकमा खर्च गरेको पाइएको छ ।  नियम अनुसार ५ लाख भन्दा बढीको लागतमा निर्माण भएको सडकमा सूचना बोर्ड राख्नु पर्ने हुन्छ । तर, कोजु प्रमुख रहेको जिल्ला प्राविधिक कार्यालयले यस्ता समान्य काम समेत गर्न सकेको छैन ।
ताथली सडक १० मिटर चौडा गरेर साढे पाँच मिटर पिच गर्नु पथ्र्यो । तर, आयोजनाले भक्तपुर नगरपालिका र ताथली गाविस जोड्ने पुलदेखि श्री इटाभट्टासम्मको सडकको कुल चौडाइ नै साँढे पाँच मिटरको छैन । सडक फराकिलो गर्न बिजुलीको पोलसमेत सारिसकेको छ । तर सडक डिजाइनअनुसार फराकिलो भएको छैन । कतिपय ठाउँमा नालीसमेत बनाएको छैन । पिच भएको दायाँबायाँ ग्राबेल राख्नुपर्ने भए पनि देखावटीमात्रै गरेको छ ।
सात करोड स्वाह
सात करोड स्वाह
सात करोड स्वाह
सात करोड स्वाह

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger