Widgets

Home » » भारतीय चिकित्सकद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

भारतीय चिकित्सकद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ असार, काठमाडौं । भारतको म्याक्स हस्पिटलका बरिष्ठ चिकित्सकद्धारा नेपाली विरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण भएको छ । मंगलबार र बुधबार दुई दिनसम्म चल्ने शिविरमा भारतका मुटु रोग र स्त्रीरोग विशेषज्ञहरुले नेपालीहरुको स्वास्थ्य परिक्षण गरिरहेका छन् । शिविरको मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव सुमिती एस. रावले उद्घाटन गर्नुभयो ।
sibi
गान्धि ग्लोबल फेमीली नेपालको आयोजनामा संचालित शिविरलाई नेपाल-भारत मानव विकास एवं मैत्री संघ र नेपाल-भारत मैत्री हस्पीटलले सहयोग गरेका छन् । शिविर काठमाडौंको मित्रपार्कमा चलिरहेको छ । शिविर उदघाटन गदै रावले भारत र नेपालवीचको सम्बन्धलाई शिविरले थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल-भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुषालले नेपालीहरुले भारतका वरिष्ठ चिकित्सकबाट स्वदेशमै स्वास्थ्य परिक्षण गर्ने अवसर पाएको बताउनुभयो । भारत र नेपालवीच साझा आर्थिक एजेण्डा अगाडी बढेका कारण विकाश निर्माणका अतिरिक्त स्वास्थ्य र शिक्षामा समेत सम्बन्ध नजिकिँदै आएको उहाँको जिकिर छ ।
गान्धि ग्लोबल फेमिलीका केन्द्रीय अध्यक्ष अशोक कपुर गान्धिले मानिसको जिवनलाई स्वस्थ राख्न नियमित स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिनुभयो । दुई दिने स्वास्थ्य शिविरमा ३ सय जना विरामीको स्वास्थ्य परिक्षण हुने र निःशुल्क रुपमा औषधिसमेत उपलब्ध गराउने पवन पाठकले बताउनुभयो । स्वास्थ्य परिक्षणका लागि युवा युवतिदेखि वृद्धवृद्धासम्म शिविरमा आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger