Widgets

Home » » हात मिलाउँदा यसरी थाहा पाउन सकिन्छ व्यक्तिको चरित्र

हात मिलाउँदा यसरी थाहा पाउन सकिन्छ व्यक्तिको चरित्र

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कोही साथीसँग भेट हुँदा हात मिलाउनु एक आम संस्कार नै हो । हामीले हात मिलाएर साथीसँग सामान्य शिष्टाचार निर्वाह गर्छौँ अनि हात छुटाएर अन्य कुराको प्रसँग सुरु गर्छौँ । हात मिलाइरहँदा उसको हत्केलाको विषयमा हाम्रो ध्यान जाँदैन । तर यदि राम्ररी बुझ्न सक्ने हो भने र हात मिलाउँदाको समयमा केही कुरामा ध्यान दिने हो भने तपाइँले आफुसँग हात मिलाइरहेको व्यक्तिको भावना तथा व्यवहारका विषयमा धेरै कुरा पत्ता लगाउन सक्नुहुनेछ ।
handshake_0
हस्तरेखा शास्त्रका अनुसार यदि कोही व्यक्तिको हत्केला पातलो, कठोर तथा सुख्खा छ भने त्यो व्यक्ति चिन्ताबाट गुजि्ररहेको हुन्छ भन्ने बुझ्नुपर्छ । त्यस्तो हत्केला हुने व्यक्ति अधिकांस समय चिन्तामा तथा अन्योलमा रहन्छ । यस्ता मानिस कुनै पनि कार्यलाई राम्रोसँग गर्न असक्षम हुन्छ ।
जो व्यक्तिका हत्केला मोटा, वजनदार तथा कोमल हुन्छन् त्यो व्यक्ति विलासी तथा कामुक हुन्छ । यस्ता व्यक्ति आफ्नो जिवन सुख सुविधामा बिताउन चाहने खालका हुन्छन् । यस्ता व्यक्तिले ऐश आरामका सबै चिज प्राप्त गर्न चाहन्छन् ।
त्यस्तै जुन व्यक्तिका हत्केला पातला, कोमल तथा नरम हुन्छन् त्यस्ता मानिस अल्छी, आराम गरिरहन चाहने तथा यौनका भोगी हुन्छन् । यस्ता मानिसले आलस्यको कारण बेलाबेलामा क्षति समेत भोग्नुपर्छ ।
हस्तरेखा विज्ञहरुका अनुसार कठोर हत्केलावाला व्यक्तिहरु मिहिनेती हुन्छन् । यदि सबै औँलाहरु हत्केलाको समान भागबाट उठेका छन् भने त्यस्ता व्यक्तिहरु स्थिर मनका धनी, मिहिनेती, बुझक्कड, समझदार हुन्छन् ।
जुन व्यक्तिको हत्केलामा खाल्डो हुन्छ त्यस्ता व्यक्तिहरु दुर्भाग्यशाली हुन्छन् । हत्केलामा खाल्डो हुनु शुभ होइन । यस्ता मानिसहरुको जिवनमा दुख आइरहन्छ ।
सानो हत्केला हुने व्यक्तिभन्दा चौडा हत्केला हुने व्यक्ति सोँच विचारले काम गर्ने खालको हुन्छ । सानो हत्केला हुने मानिसका ह्याण्डराइटिङ पनि उति राम्रो नहुने बताइन्छ ।
हत्केला तथा औँला लचिलो हुने व्यक्ति प्रतिकुलता तथा कठीन परिस्थिति सँग जुध्न सक्षम हुन्छ । यस्ता व्यक्तिहरु धैर्यवान र अरुको कुरा सुन्न सक्ने खालका हुन्छन् । त्यसको विपरित जसको हत्केला कठोर हुन्छ उनीहरु जिद्दी, अरुको कुरा नसुन्ने, अरुलाई विश्वास नगर्ने तथा अधीर हुन्छन् ।
त्यसैले अब कोही साथीसँग हात मिलाउँदा केहीबेर उसको हत्केला आफ्नो हत्केलामा अठ्याएर उल्लेखित कुराहरु मनन गर्नुहोस् । एकचोटी उसको हातमा पनि हेर्नुहोस् र अनुमान लगाउनुहोस् तपाइँको साथीको चरित्र कस्तो छ भनेर । अनि साँच्ची ऊ सँगको हेलमेलबाट अनुभुत गरेका कुराहरुसँग दाँज्नुहोस् मेल खान्छ की खाँदैन ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger