Widgets

Home » » भारतले होइन, नेपालले अध्यागमन स्थापना गर्ने सहमति'

भारतले होइन, नेपालले अध्यागमन स्थापना गर्ने सहमति'

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Flag
काठमाडौ, असार २६ - गृह मन्त्रालयले राष्ट्रिय अखण्डता, सम्प्रभुता तथा स्वतन्त्रताको रक्षा गर्ने काममा नेपाल सरकार, गृह मन्त्रालय सधैं प्रतिबद्ध रहेको जनाएको छ । पशुपतिनगर र लुम्बिनीमा भारतले नभई नेपालले अध्यागमन चेकपोस्ट स्थापना गर्ने सैद्धान्तिक सहमति भएको र त्रिभुवन विमानस्थलको अध्यागमन प्रणालीको आधुनिकीकरण गर्ने काम राष्ट्रिय अखण्डता, सम्प्रभुता, स्वाभिमान र स्वतन्त्रतामा खलल पुर्‍याउने खालको र अन्तरिम संविधान २०६३ प्रतिकूल नभएको गृहले जनाएको छ । 'हरेक देशले आ-आफ्नो भूमिमा अध्यागमन स्थापना गर्ने र त्यही निकायले विदेशीको आवागमनलाई नियमन र व्यवस्थापन गर्ने तथ्य स्थापित हो,' गृहले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'काठमाडौंमा २०१३ जुन १ मा सम्पन्न गृह सचिवस्तरीय बैठकमा पशुपतिनगर र लुम्बिनीमा मित्रराष्ट्र भारत सरकारबाट अध्यागमन स्थापना गर्ने नभई उक्त स्थानमा नेपाल सरकारको तर्फबाट अध्यागमन विन्दु स्थापना गर्न भारत सरकारको तर्फबाट प्रस्ताव गरिएको र यसमा सैद्धान्तिक सहमति भएको हो ।' पशुपतिनगर र लुम्बिनीमा अध्यागमन स्थापना गर्ने सैद्धान्तिक सहमतिपछि पनि संगठन तथा व्यवस्थापन सर्भेलगायतका विभिन्न प्रक्रिया पूरा गरी नेपाल सरकारले निर्णय गरेपछि मात्र अध्यागमन कार्यालय स्थापना हुने गृहले जनाएको छ । अध्यागमन ऐन, २०४९ ले अध्यागमन निकायको कार्य विदेशीको नेपाल आगमन, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने तथा नेपालीको आवागमन व्यवस्थापन गर्ने उल्लेख भएको गृहको विज्ञप्तिमा छ । 'उल्लेखित दुवै स्थानमा अध्यागमन निकाय स्थापना गर्ने काम नेपालबाट नै हुने र दुवै देशतर्फ अध्यागमन स्थापना भएपछि मात्र यसले काम प्रारम्भ गर्ने हो,' विज्ञप्तिमा छ, 'उक्त सहमतिबाट नियमन काम र पर्यटन प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गृह मन्त्रालयको छ ।' यस्तै विमानस्थल अध्यागमन प्रणालीको आधुनिकीकरण गर्ने तथा थप काम अघि बढाउने सम्बन्धमा कूटनीतिक माध्यमद्वारा विचार गरी तय गर्ने सहमति मात्र भएको गृहले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger