Widgets

Home » » किन गए बैद्य चीन ?

किन गए बैद्य चीन ?

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Mohan Baidhya
काठमाडौ, असार २६ - मुख्य दलका नेताहरू भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेटिरहँदा मंगलबार नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य भने अर्को छिमेकी चीन भ्रमणमा व्यस्त थिए । पार्टीले भ्रमण एजेन्डा सार्वजनिक गरेको छैन । पार्टी स्रोतले भने तीन एजेन्डामा केन्द्रीत रहेको जानकारी दियो । पहिलो मंसिर ४ मा घोषित चुनावमा सहभागिता, दोस्रो राष्ट्रिय स्वाधिनता र एमाओवादीसँग एकीकरणको सम्भावना । पार्टीले पत्रकार सम्मेलन गरी वार्ता कमिटीलगायत रणनीति सार्वजनिक गरेकै दिन सोमबार राति सवा ११ बजे अध्यक्ष मोहन वैद्य उपाध्यक्ष सीपी गजुरेललाई लिएर सुटुक्क चीनतिर लागेका थिए । चार दिन लामो केन्द्रीय कमिटी बैठकमा अध्यक्षसहित बरिष्ठ नेताहरू सँगै उठबस गरेका नेताहरूले सुईकोसम्म पाएनन्् । केही केन्द्रीय सदस्यले त अध्यक्षको चीन भ्रमणबारे भोलिपल्ट सञ्चारमाध्यमबाट मात्र थाहा पाए । भ्रमणलाई गोप्य राखिए पनि अचानक नभएको अन्तराष्ट्रिय विभाग सदस्य मनोज थापाले बताए । 'भ्रमणको टुंगो एक महिना पहिले नै लागेको हो, हल्लाखल्ला मात्र नगरेको हो', उनले कान्तिपुरसँग भने । जेइचीको भ्रमण पहिले नै चिनिया सरकारले निम्तो दिएको दाबी उनले गरे । संविधानसभा बहिस्कार र वार्ताको रणनीतिलाई एकसाथ अघि बढाएको माओवादीलाई चुनावमा सहभागी हुन चौतर्फी दबाव छ । चुनावकै सन्दर्भमा आप््नै पार्टीभित्रको समिकरणले अप्ठेरोमा परेका वैद्यलाई पछिल्लो समय छिमेकी दुवै मुलुकबाट चुनावमा सहभागिताका लागि दबाव परेको थियो । यस्तैमा भ्रमण तय भएपछि वैद्य घरेलु भेटघाट छाडेर चीन पुगेका हुन् । अध्यक्षको भ्रमणबारे आइतबार पोलिटब्यूरो बैठकमा सामान्य 'वि्रपि|mङ्ग' भने गरिएको थियो । त्यही बैठकमा चार राजनीतिक दल, सरकारसँग वार्ताका लागि वार्ता कमिटी गठन गर्नेँ सँगै बहिस्कार कार्यक्रम तय गर्ने समेत एजेन्डा राखिएकाले भ्रमणबारे कमै छलफल भएको सहभागी स्रोतले बतायो । बैठकमा चिनियाँ नेताँरूसँग घरेलु राजनीतिक अप्ठेरोको कारण पार्टीले लिनुपरेको चुनाव बहिस्कार र वार्ताको रणनीति, बढै गएको विदेशी हस्तक्षेपबारे प्रष्ट पार्ने सहमती भएको थियो । 'चुनाव, स्वाधीनता र एकीकरणबारे प्रष्ट पार्नुपर्ने आवश्यकता औंल्याइएको थियो', भ्रमण एजेन्डाबारे स्रोतले भन्यो । यसपटकको भ्रमणलाई प्रचारमा नलैजाने योजना थियो । साता अघि चिनिया स्टेट काउन्सिलर याङ्ग जेइचीले नेपाल भ्रमणका क्रममा संविधान सभामा सहभागिता जनाउन माओवादीलाई आग्रह गरेका थिए । आफ्नो एजेन्डालाई राम्र बुझाउन सके चीनले चुनावको एजेन्डालाई प्राथमिकता नदिने र आन्तरिक राजनीतिमा आफू हावी हुने बुझाई माओवादीको छ । एमाओवादीको चँनसँगको सम्बन्ध चिसिएको निष्कर्ष निकाल्दै आफू नजिकको 'शक्ति' हुने दाउ समेत माओवादीको छ । स्रोतका अनुसार वैद्यले चिनिया उपमन्त्री आइ पिङ्ग र चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग प्रमुख वाङ जियारूईसंग भेटवार्ता गर्नेछन् । चिनिया राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीसँग भेटघाटको संभावना भने कम रहेको जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger