Widgets

Home » » मर्यादाक्रम भुलेर विदेशमन्त्री भेट्न होटल गए पूर्वप्रधानमन्त्रीहरु

मर्यादाक्रम भुलेर विदेशमन्त्री भेट्न होटल गए पूर्वप्रधानमन्त्रीहरु

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ असार, काठमाण्डौं । भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल राजधानीको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगे ।
salman-khursidएकदिने भ्रमणमा काठमाडौं आएका खुर्सिद द्वारिकाजलाई ‘मध्यबिन्दु’ बनाएर प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसंग छलफल गरे । विदेशमन्त्री बसेको ठाउँमा पूर्व प्रधानमन्त्री लस्करै लागेर भेट्न जान ‘मर्यादाक्रम’ ले मिल्छ कि मिल्दैन ? कि नेताहरुले मर्यादाक्रम मिचेर नेपालका शिर्ष नेताहरु भारतीय विदेशमन्त्री भएकै ठाउँमा गएका हुन ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापन र सुरक्षा लगायतका कारणले एउटा स्थानमा भेटेको बताए । ‘नेपालमा मर्यादाक्रमबारे नीति बनाउनु आवश्यक छ तर अहिलेसम्म बनिसकेको छैन्,’ उनले भने ‘मर्यादाक्रम ख्याल नगरेको होइन व्यवस्थापन सुरक्षाका कारणले एउटा स्थानमा भेट्ने अवस्था भएको हो ।’ यस अघि भारतीय पूर्वविदेश मन्त्री एसएम कृष्णा आउँदा एमालेले मर्यालाक्रमकै कुरा उठाएर भेट्न गएको थिए । कृष्णाको भेट पनि होटल द्वारिकामै मिलाइएको कान्तिपुर दैनिकमा खबर छ ।
पूर्व परराष्ट्रमन्त्री एबं एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुर्सिदलाई भेट्न नेताहरुले मर्यादाक्रम नबिर्सेको बताए । उनले होटलद्वारिकाजलाई ‘मिटिङ प्वाइन्ट’ बनाएरको र खुर्सिद त्यहाँ भेटघाटकै लागि आएको बताए । ‘शिर्ष नेताहरुले मर्यादाक्रम बिर्सेको होइन’ उनले भने, ‘द्वारिकाज होटललाई न्युट्रल भेन्यु बनाएको हो । खुर्सिद पनि छलफलका लागि त्यो होटलमा आउनु भएको हो । उहाँ त्यही बस्नु भएको होइन ।’
श्रेष्ठले यस्तो दाबी गरे पनि पूर्व प्रधानमन्त्री दोमन हुँदै खुर्सिदलाई भेट्न पालैपालो होटल पुगेका थिए । खुर्सिदले त्यहाँ एमाओवादी, कांग्रेस, एमाले र मधेशवादी नेताहरुलाई छुट्टाछुट्टै भेटेर आगामी निर्वाचन र भारतले गर्ने सहयोगबारे छलफल गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger