भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ असार, हेटौंडा । हेटौंडा २ वासुदेवमार्गमा बालबालिकाले खाने खाजाको प्याकेटभित्र भ्यागुता भेटिएको छ ।
सुनसरीको इटहरीमा रहेको न्यू कोसी फुड प्रालिले उत्पादन गरेको खाजामा भ्यागुता भेटिएको स्थानीय कमला रिजालले जानकारी दिनुभयो ।
नजिकैको पसलबाट किनेर ल्याएर छोरालाई खान दिएको थिएँ, उहाँले भन्नुभयो । खाईसक्यो कि सकेन भनेर हेर्न खोज्दा खाजसँगै कालो भ्यागुता भेटियो । उहाँले कम्पनीको लापरबाहीका कारण यस्तो भएको भन्दै कम्पनी सञ्चालकलाई कारबाही गर्न माग गर्नुभएको बुधबार प्रकाशित गोरखापत्र दैनिकमा खबर छ ।
कम्पनीका सञ्चालक दिनेश शाहले भने आफूहरुको कुनै त्रुटि नभएको दाबी गर्नुभयो । तर घटनाबारे स्पष्ट पारेपछि भने उहाँले भन्नुभयो-’यदि त्यस्तो त्रुटि भएको रहेछ भने माफ गरिदिनुहोला ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.