भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ असार, काठमाण्डौं । अन्तर्राष्ट्रिय मामिला हेर्ने भारतीय जासुसी संस्था ‘र’ को नामसँग जोडेर आफ्नै नेताहरुलाई सतोसराप गर्दागर्दै एमाओवादीसम्बद्ध दुई कर्मचारी नेता अनुशासनको कारबाहीमा परेका छन् ।
असार २४ गते सोमबार बबरमहलस्थित बुद्धिजीवी पार्टी कार्यालयमा सम्पन्न ३५ सदस्यीय निजामती कर्मचारी व्यूरोको बैठकले चार घण्टा लामो बहसपछि आठ बुँदे आरोप लगाउँदै मधुसुदन अधिकारी र पवित्रा तिमिल्सिनालाई पार्टीबाट निलम्वित गरेको हो । ‘र’ ले पार्टी कब्जा गरेको थियो । अब व्यूरोक्रेसीमाथि पकड जमाउँदै छ । बाबुरामले बर्षमान पुनलाई दुई बर्ष अगाडी नै ‘र’ को एजेन्टमा भर्ति गरेका हुन् । ६ महिना अगाडि जर्नादन शर्मा ‘प्रभाकर’ लाई पनि खिमलाल देवकोटाले दिल्ली लगेर ‘र’सँग सम्पर्क गाँसिदिएका छन् ।’ शंखमूलस्थित मंकी फाइभ पार्टी प्यालेसमा शनिबार भएको राउण्ड टेबल छलफलमा यी दुई नेताले उपरोक्त आरोप नेताहरुमाथि लगाएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले खबर छापेको छ । एमाओवादी निकट कर्मचारी संगठन -राकस)को जेठ २५ गते प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय सम्मेलन र २६ गते राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय परिषद भेलाले कर्मचारी महासंघको अध्यक्षमा मोनमान स्वाँर र निजामती प्रमुखमा विष्णुप्रसाद पाण्डेलाई चयन गरेको थियो ।
सोही कुराप्रति असहमति जनाउँदै शंखमूल भेला डाकेर अधिकारी र तिमिल्सिनाले जनवर्गीय संगठन व्यूरो इञ्चार्ज प्रभाकर, बुद्धिजीवी इञ्चार्ज खिमलाल देबकोटा र निजामती इञ्चार्ज कृष्ण केसीमाथि नेपालको व्युरोकेसी कव्जा गर्ने ‘र’ को रणनीतिअन्र्तगत परिचालित भएको आरोप लगाएका थिए । असन्तुष्ट भेलामा करिब ३० जनाको सहभागिता थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.