Widgets

Home » » माइक्रोसफ्टले फेरि ल्यायो आइप्याडविरोधी विज्ञापन (भिडियो सहित)

माइक्रोसफ्टले फेरि ल्यायो आइप्याडविरोधी विज्ञापन (भिडियो सहित)

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

माइक्रोसफ्टले फेरि ल्यायो आइप्याडविरोधी विज्ञापन (भिडियो सहित)

माइक्रोसफ्टले फेरि पटक आइप्याडविरोधी विज्ञापन सार्वजनिक गरेको छ। नयाँ विज्ञापनमा आइप्याडको युएसबी पोर्ट नभएको पक्षलाई प्रहार गरिएको छ भने माइक्रोसफ्ट ट्याब्लेट सर्फेस आरटीको किबोर्ड तथा स्ट्याण्डलाई 'हाइलाइट' गरिएको छ। विज्ञापनमा आइप्याडको नलेज नेभिगेटर सिरीको आवाजमार्फत् नै आइप्याडलाई होच्याइएको छ। 'प्रिय, मलाई थोरै सहयोग चाहिएको छ', सिरीले नै भन्छ- 'मलाई माफ गर मसँग युएसबी पोर्ट नै छैन।' माइक्रोसफ्टले ३२ जिबीको सर्फेस आरटीको उपभोक्ता मूल्य ५९९ अमेरिकी डलरबाट ३४९ मा झारेको एक हप्तापछि यस्तो विज्ञापन ल्याएको हो। माइक्रोसफ्टले आइप्याड विरोधी विज्ञापन बनाउन कार्यमा निकै अगाडि बढिसकेको छ। यो पटक भने पनि आइप्याडका कमजोरी पछ्‌याउँदै उसले टिभी कमर्सियल बनायो। यस अघिको विज्ञापनमा आइप्याडको पर्फर्मेन्समाथि प्रश्न गर्दै माइक्रोसफ्टले प्रहार गरेको थियो। मल्टिपल एप एकै साथ रन गर्न आइप्याड सक्षम नभएको र विन्डोज ८ मा त्यो क्षमता रहेको माइक्रोसफ्टको विज्ञापनमा थियो। पहिलाका विज्ञापनमा आइप्याडको मूल्यलाई आधार बनाएर प्रहार गर्ने गर्थ्यो।

यस्तो छ माइक्रोसफ्टको पाँचौं आइप्याड विरोधी विज्ञापन (भिडियो)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger